भारतको ठुलै बेइज्जत ! दिल्ली बन्यो विश्वकै सबैभन्दा प्रदूषित राजधानी

नयाँ दिल्ली (एजेन्सी)– भारतको राजधानी नयाँ दिल्ली विश्वकै सबैभन्दा बढी प्रदुषित राजधानी बनेको छ । दिल्लीले तेस्रो पटक विश्वकै सबैभन्दा प्रदूषित राजधानीको उपाधि पाएको हो । स्वीट्जरल्याण्डको एक संस्थाको सर्वेक्षण अनुसार दिल्लीलाई विश्वकै बढी प्रदुषित राजधानी घोषणा गरिएको हो । स्वीट्जरल्याण्डको आईक्यूएयरका अनुसार दिल्ली विश्वकै ५० राजधानीहरुमध्ये सबैभन्दा बढी प्रदूषित शहर हो ।

आईक्यूएयरका अनुसार अत्यधिक प्रयासहरु तथा लकडाउनपछि पनि पछिल्लो वर्ष दिल्लीको प्रदूषणको स्तर कम भएन । दिल्लीमा पिएम २ दशमलव ५ को स्तर निकै बढी छ, जसले फोक्सो सम्बन्धि रोगहरुलाई जन्माउँछ । आईक्यूएयरको सन् २०२० वल्र्ड एयर क्वालिटी रिपोर्टमा १ सय ६ देशहरुको प्रदूषण स्तरको तथ्यांक परीक्षण गरियो । त्यसमा विश्वका ५० सबैभन्दा बढी प्रदूषित शहरहरुमध्ये ३५ वटा शहर भारतकै छन् ।

त्यसमा पनि दिल्ली सबैभन्दा बढी प्रदूषित शहर तथा विश्वकै सबैभन्दा बढी प्रदूषित राजधानी हो । आईक्यूएयरले प्रदूषणको यो स्तर भारतमा पिएम २ दशमलव ५ पार्टिकल्सको वार्षिक औषतको आधारमा निकालिएको हो । यी त्यस्ता कणहरु हुन्, जुन २ दशमलव ५ माइक्रोन ब्यासका हुन्छन् । यीनको सम्पर्कमा धेरै समयसम्म रहनाले थुप्रै घातक रोगहरु लाग्न सक्छ । साथै यसले क्यान्सर तथा मुटु सम्बन्धि रोगहरुलाई समेत जन्माउँछ ।

सन् २०२० मा नयाँ दिल्लीमा पिएम २ दशमलव ५ को वार्षिक औषत ८४ दशमलव १ प्रति क्यूबिक मीटर थियो । यो चीनको राजधानी बेइजिङको तुलनामा दुई गुणा बढी स्तरमा थियो । बेइजिङमा पिएम २ दशमलव ५ को वार्षिक औषत ३७ दशमलव ५ प्रति क्यूबिक मीटर मापन गरिएको थियो । बेइजिङ विश्वको १४ औं सबैभन्दा बढी प्रदूषित शहर हो ।

ग्रीनपीस साउथइस्ट एशिया एनालिसिस तथा आईक्यू एयरको अध्ययन अनुसार वायु प्रदूषणको कारणले नयाँ दिल्लीमा सन् २०२० मा ५४ हजार मानिसहरुको असामयिक निधन अर्थात समयभन्दा अघि नै मृत्यु भएको छ । एउटा रिपोर्ट अनुसार भारतमा हरेक वर्ष १२ लाख मानिसहरुको निधन वायु प्रदुषणका कारणले हुन्छ । यसका कारणले भारतको जीडीपीमा तीन प्रतिशत नोक्सान हुन्छ ।

भारतको केन्द्रिय प्रदूषण नियन्त्रण बोर्डले यसका पछाडि पराल बालिएको धुवाँ, गाडीबाट निस्कने धुवाँ, फोसिल फ्यूल तथा कलकारखानाबाट निस्कने प्रदूषणलाई जिम्मेवार मानेको थियो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

− nine = one