कल्पना दाहाललाई स्टेजमै बेइज्जत गरेको भिडियो भाइरल (भिडियो हेर्नुस्)

काठमाडौं । नेपालमा पहिलो पटक सुरु भएको ‘दोहोरी च्याम्पियन’ सुरु हुने बित्तिकै विवादमा आएको छ । यसका निर्णायकहरुले कलाकारको बेइज्जत गरेपछि यो विवादमा आएको हो । निर्णायक रहेका चन्द्र शर्माको सबैभन्दा बढी आलोचना भएको छ ।

चन्द्र शर्माले चर्चित लोक दोहरी गायिका कल्पना दाहाललाई भाइरल साइरन वाली भन्दै बेइज्जत गरेका थिए । उनले स्टेजमा भएकी कल्पनालाई नराम्रा शब्दहरू प्रयोग गरेर बेइज्जत गरेका थिए । चन्द्रको यो कामको सबैले आलोचना गरेका छन् ।

नेपाली लोक संस्कृतिको संरक्षण र संवर्धन गर्ने उद्देश्यले दोहोरी च्याम्पियन रियालिटी सो उत्पादन एवं नियमित प्रसारण गर्न लागिएको यसअघि नेपाल टेलिभिजनले जनाएको थियो । दोहोरी च्याम्पियन कार्यक्रमको प्रस्तोताका रूपमा बद्री पङ्गेनी र प्रीति आले रहेका छन् भने निर्णायकमा प्रजापति पराजुली, रमेश बिजी, सीता थापा र चन्द्र शर्मा रहेका छन् ।

कूल रु ३५ लाख राशि पुरस्कार रहेको यस कार्यक्रममा प्रथम, द्वितीय, तृतीय र चौथो हुने गायक समूहले क्रमशः रु २० लाख, १० लाख, तीन लाख र दुई लाख पुरस्कार पाउनेछन् । दोहोरी च्याम्पियन प्रतियोगिताका लागि देशभरिबाट २४ कलाकार टोलीहरू छनोटमा परेका छन् भने २८ भाग दोहोरी च्याम्पियन नेपाल टेलिभिजनबाट प्रसारण हुन थालेको छ । हेर्नुहोस उक्त भिडियो क्लिप

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

− four = two