अन्ततः ४० वर्षदेखि भारतको जेलमा रहेका दीपक रिहा भए

काठमाडौं । ४० वर्ष भारतको जेलमा रहेका नेपाली दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी) लाई छाड्न त्यहाँको अदालतले आदेश दिएको छ।कोलकाता उच्च अदालतका मुख्य न्यायाधीश थोटथिल बी राधाकृष्णम् र न्यायाधीश अनिरुद्र रोयको इजलासले उनलाई रिहा गर्न बुधबार साँझ आदेश दिएको हो।

गत बुधबार दीपकका सम्बन्धमा कोलकाता उच्च न्यायालयका मुख्य न्यायाधीशको बेञ्चले मुद्दाको सुनवाइ गरेको थियो। रिहा भएपछि दीपक नेपाल फर्कन पाउनेछन्। ४० वर्षदेखि भारतके विभिन्न जेलमा दिन बिताउँदै आएका दीपकको जीवनको पछिल्ला केही महिनामा नाटकीय घटना भए।

गत वर्ष फेब्रुअरीमा नन्दीग्रामबाट राधेश्याम दास सरुवा भएर दमदम केन्द्रीय कारागार आए। उनलाई माओवादी संगठनसँग आवद्ध भएको आरोपमा १० वर्ष पहिला गिरफ्तार गरिएको थियो। उनी सन् २०१६ मा पनि दमदम जेलमा नै थिए।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ eight = one