छोराको जन्मदिन रमाइलोसँग मनाउने सुर कसेर पसलबाट निस्केका शंकर घर पुग्नै पाएनन

काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिकास्थित सुनखानी घर भइ कपन बस्दै आएका शंकर प्रसाद पन्तको बालाजु चौकी अगाडि पसल छ । लामो समयको ल’क डाउन र नि’षेधाज्ञाको कारण पसल खुल्न पाएको थिएन । तर, शंकरले महिना–महिनामा पसलको भाडा भने तिर्दै आएका थिए ।

पछिल्लो समय सरकारले पसल व्यवसाय सञ्चालनमा सहज बनाएपछि शंकरले पसल खोलेका थिए । लामो समय बन्द रहेको पसल खोल्न थालेपछि दिनदिनै मोटरसाइलकमा ‘बालाजु देखि कपन’ आवतजावत गर्थे उनी। गत मंगलबार शंकरको छोरा आशिषको १७ औं ‘बर्थडे’ । छोराको बर्थडे बेलुका मनाउने हो भन्दै शंकरले ६ गते पनि पसल खोले । मोटरसाइकल बिग्रेको कारण पसलसम्म शंकरलाई श्रीमती रोजीले स्कुटीमा छाडिदिइन् ।

छोराको बर्थडेमा शंकरले आफन्त र नजिकका छर छिमेकलाई समेत बोलाएका थिए । बाबुआमा आफ्नो छोराको जन्म दिनमा खुसी नहुने कुरा भएन । दिनभर पसलमा रहेका शंकर पानी परे पनि सधैं झै पसल बन्द गरेर ढिलागरी निस्के । मोटरसाइकल नभएका कारण श्रीमतीलाई लिन बोलाएका थिए भने छिटो होस् भनेर नै हिँड्दै सडक नापिरहेका थिए । श्रीमती पनि शंकरलाई लिन स्कुटीमा आइरहेकी थिइन् ।

रमाइलोसँग छोराको बर्थडे मनाउने सुर कसेर पसलबाट निस्केका शंकर घर पुग्नै पा’एनन् । बीच बाटोमै उनलाई गा’डीले ठ’क्क र दियो । हिँड्दै बसपार्क पुगेका शंकरलाई विनायक अस्पताल अगाडि मन्दीर छेउमा मयुर यातायातको गाडीले ठ क्क’र दिएको हो । जतिबेला दु’र्घ टना भयो। त्यतिनै बेला श्रीमती पनि विनायक अगाडि नै पुगेकी थिइन् । तर, त्यहाँ पुग्दा उनका लागि ब’ज्र पात हुन पुग्यो । घ’टनास्थलमा मान्छेहरु झुम्मिरहेको बेला श्रीमती रोजी पनि के भएको रहेछ भनेर स्कुटर रोकी हेर्न पुग्दा आफ्नै श्रीमान भएको खुलेको थियो ।

रोजीसँगै अन्य मानिसले शंकरलाई लगत्तै नजिकैको विनायक अस्पताल पुर्याइयो भने त्यहाँ उपचार सम्भव नभएपछि महाराजगञ्जस्थित टिचिङ अस्पताल रिफर गरियो। टिचिङ अस्पतालमा उपचारको क्रममा शंकरको मृ,त्यु भएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख डीएसपी रोशन खड्काले जानकारी दिएका छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

six × = sixty