मोरङमा को,रोना सं,क्रमण बढेपछि होली मनाउन रोक

विराटनगर : को,रो,ना भा,इर,सको सं,क्रमण बढ्दै जान थालेसँगै नजिकिएको रङ्गहरुको पर्व होली पर्वलाई सुरक्षित र व्यवस्थित बनाउन मोरङमा सुरक्षा संयन्त्र सक्रिय भएर लागेका छन् ।

यस वर्ष मोरङमा समुदायस्तरमा होली मनाउन रो,क लगाइएको छ । जमघट र भीडभाड गरेर समुदायमा नखेल्न जिल्ला सुरक्षा समितिले सबैमा आग्रह गरेको छ । समितिको मंगलबार बसेको बैठकले आग्रह अस्वीकार र नियमको उल्लंघन गर्नेलाई तत्काल का,र,बाहीको दायरामा ल्याउने निर्णय गरेको छ ।

को,रो,ना भा,इरस सं,क्रमणको नयाँ लहरलाई मध्यनजर गर्दै होलीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने निर्णय बैठकमा भएको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताए । को,रो,नाको सं,क्र,मण समुदायस्तरमा फैलन नदिन यसवर्ष समुदायमा होली खेल्न रोक लगाएर क,डाइ गरिने उनको भनाइ छ ।

जमघट र भीडभाड गरेर समुदायमा होली खेल्दा को,रो,ना सं,क्र,मण थप फैलने तथा त्यसले जनस्वास्थ्यमा ग,म्भीर अ,सर पुर्‍याउने जोखिम बढेपछि होलीका सन्दर्भमा कडा निर्णय लिनु परेको जानकारी प्रजिअ निरौलाले दिए । नेपालसँगको खुला सीमा रहेको छिमेकी मुलुक भारतमा व्यापक रुपमा सं,क्र,मण फैलन थालेपछि र को,रो,नाका कारण संसारभर नै कडाई भइरहेको अवस्थामा सुरक्षा समितिले होली पर्व समुदायमा मनाउन रोक लगाएको हो ।

प्रजिअ निरौलाका अनुसार यसवर्ष परिवारका सदस्यबीचमा स्वास्थ्य मापदण्ड अपनाएर मात्रै होली मनाउन सबैमा अनुरोध गरिएको छ । त्यस्तै होलीका अवसरमा मेला तथा विभिन्न कार्यक्रमहरु गर्न रोक लगाइएको उनको भनाइ छ । नियमको पालना नगर्ने,माथि प्रचलित का,नुन अनुसार का,र,बाही हुने निरौलाले बताए ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

thirty six ÷ = four