चिया वाली सृष्टि तामाङलाई भाईरल बनाउने यि हुन् गजेन्द्रराज, वास्त विक कथा अर्कै रहेछ, खोले रहस्य हेर्नुहोस् (भिडियो सहित)

काठमाडौं : नुवाकोट कि सुष्टि तामाङ । जस्को आर्कषक जीउडाल, सुन्दर मुहार, हँसिलो बोली, मिजासिलो बानी, जो आफैमा निकै नै मेहेनतिपनि अनि एउटी असल आमापनि । यतिबेलाको समयमा उनै सृष्टि समाजिक सञ्जालमा चिया वालीको नामबाट निकै नै चर्चित बनेकी छन् । सानी नानिलाई ढाडमा बोक्दै बिहानको ३ बजे चिया पकाएर ४ बजे देखि पुर्व पश्चिम जाने माईक्रो बसका यात्रीहरु लाई चिया बिक्री गर्छिन् उनी।

उनले यो चियाको व्यापार शुरु गरेको धेरै भएको छैन । यही पुषको महिनादेखि नै उनले आफु र आफ्नी छोरीको पेट पाल्नकोलागी चियाको व्यापार शुरु गरेकी हुन् । ललितपुरको ग्वार्को चोकमा भेटिएकि सुष्टिको संघर्ष र मिहिनेत सुष्टि को संघर्ष र मिहिनेतलाई सामाजिक सञ्जालमा सबै रुचाएका छन् । साथै उनको काम र मेहेनतलाई सबैले प्रशंसा पनि गरेका छन् । उनको उत्साह ताजै रहोस् भन्नकोलागी सबै मिडिया युजरस्ले हौसलाकोलागी सकारात्मक प्रतिकृयाहरु दिएका छन्।

नुवाकोट घर भएकि सृष्टि काठमाडौ बसेको पाच बर्ष भएको छ । लकडाउनले श्रीमानको काम पनि ठप्प भयो त्यसपछी श्रीमानले उनको साथ छोडेपछि उनलाई बाँच्न गाह्रो अवस्था श्रृजना हुनथालेपछि उनले आफ्नी सानी छोरीलाई पिठ्युँमा बोकेर चिया बेच्दै जिवनयापन गरीरहेकी छन् । सृष्टि तामाङको पिठ्यूँमा नानी बोकेर चिया बेच्दै हिंडेको फोटो भाइरल भए संगै धेरैजसोले उनको कामको प्रसंशा गरेरहेकाछन्।

लकडाउनले गर्दा आर्थिक चपेटामा परेको बताउदै २०७७ साल पुस महिनाको पहिलो हप्ता बाट आफुले यसरी सडकमा चिया बेच्न थालेको उनी बताउँछिन । कोठा भाडासमेत तिर्न धौ धौ भएपछि आफू यो व्यावसाय तिर लागेको सुनाउदै उनी भन्छिन्,‘पहिलोपटक यसरी सडकमा चिया बेच्दा आफुलाई लाज समेत लाग्यो तर चिया बेचेको पहिलो दिन मै रु ३९० रुपैयाँ कमाउदा निकै खुसि लाग्यो । त्यसपछि यही कामलाई नै निरन्तरता दिन मन लागेको हो।’

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

24 − seventeen =