को,रोना सं,क्रमणको जोखिम बढेसँगै उच्च सतर्कता, म्याग्दीमा विदेशबाट आउनेले १० दिन अनिवार्य क्वारेन्टीन बस्नुपर्ने

काठमाडौं : को,रोना भा,ईर,सको सं,क्र,मण फेरी बढेसँगै देशभर उच्च स्वास्थ्य सतर्कता अपनाईएको छ । ठाउँठाउँमा प्रशाशनले आंशिक नि,षे,धाज्ञा जारी गरेका छन् । भारतसँग सिमा जोडिएका शहरहरुमा विशेष सावधानी अपनाईएको छ ।

सिमा नाकामा स्वास्थ्य डेस्कलाई प्रभावकारी बनाउन स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ । काठमाडौं उपत्यकामा पनि अनिवार्य मास्क लगाउन प्रशाशनले निर्देशन दिएको छ । यसैगरी होली लगायतका सांस्कृतिक एवं ऐतिहासिक पर्व सार्वजनिकस्थलमा मनाउन रोक लगाईएको छ ।

बढी भिडभाड हुँदा संक्रमण तिव्र गतिमा फैलिने भएकोले यो वर्ष पनि सार्वजनिक,स्थलमा होली नमनाउन प्रशाशनले आग्रह गरेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले संक्रमणको दर बढ्दै गएको अवस्थामा सार्वजनिक स्थलमा भेला भई होली खेल्न रो,क लगाइएको बताउनुभयो ।

यस्तै को,रो,ना रो,क,थाम तथा नियन्त्रणका लागि प्रयोग गरिने क्वारेन्टीइन तथा आइसोलेसन केन्द्रहरुलाई तयारी अवस्थामा राख्न भनिएको छ ।

विद्यालय सञ्चालन भएको अवस्थामा विद्यार्थीहरुलाई अनिवार्य मास्क लगाउने व्यवस्था गर्ने, कक्षाकोठाको व्यवस्थापन सोही अनुसार गर्ने, सेनिटाइजर प्रयोग गर्ने, हात धुन लगाउने कुरालाई अनिवार्य पालना गर्ने व्यवस्था गर्न समेत अनुरोध गरिएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

six + 2 =