“बिहे गर्ने उमेर त भैसक्यो तर केटा नै पाछैन”: सोनाक्षी सिन्हा

एजेन्सी : चर्चित बलिउड अभिनेत्री सोनाक्षी सिन्हा उनको आगामी फिल्म ‘कलंक’को कारण निकै चर्चामा आउन थालेकी छन् । उनी यसै फिल्मको प्रचार–प्रसारका लागि एक टिभी शोमा पुगेकी थिइन् । उनको साथमा को–स्टार बरुण धवन र अर्की अभिनेत्री आलिया भाट पनि।।।

चर्चित बलिउड अभिनेत्री सोनाक्षी सिन्हा उनको आगामी फिल्म ‘कलंक’को कारण निकै चर्चामा आउन थालेकी छन् । उनी यसै फिल्मको प्रचार–प्रसारका लागि एक टिभी शोमा पुगेकी थिइन् । उनको साथमा को–स्टार बरुण धवन र अर्की अभिनेत्री आलिया भाट पनि सँगै थिए । उक्त टिभी शोमा तीनै जना कलाकारहरु बरुण धनव, आलिया र सोनाक्षीलाई विहेको बारेमा प्रश्न गरिएको थियो ।

जहाँ ‘तपाईहरु तीनै जनाले विहे गर्दै हुनुहुन्छ रु सबै भन्दा पहिले कसले विहे गर्दै हुनुहुन्छ रु लगाएतका प्रश्न गरिएको थियो । अभिनेत्री सोनाक्षीले यस प्रश्नको उत्तर फर्काउँदै भनिन्, ‘मैले आलिया र बरुण भन्दा पहिल्यै विहे गर्न चाहन्छु । विहेको लागि तयार छु ।

अब घरबार जमाउनुपर्छ । अहिले मैले जीवनसाथीलाई खोजिरहेकी छु मलाइ बिहे नगरी एक्लै बस्न गाह्रो भएको छ।’अभिनेत्री सोनाक्षीले यसो भनिरहँदा समाचारमा भने, उनले नोटबुकफेम अभिनेता जहीर इकबाललाई डेट गरिरहेकी उल्लेख हुँदै आएको छ । अभिनेता जहीरले इन्टाग्राममा सोनाक्षीलाई जन्मदिनको शुभकामना दिएका थिए । तर अहिलेसम्म यो जोडीको डेटिङको आधिकारिक पुष्टी भने भएको भएको छैन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

fifty six ÷ = 7