अध्यक्ष ओलीलाई नेता नेपालको जवाफ : मलाई होइन, तपाईंलाई कारबाही गर्नु पर्ने छ !

काठमान्डौ : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि नै प्रश्न गर्दै १० बुँदे स्पष्टीकरणको जवाफ दिएका छन् ।

आफूले नभई पार्टी अध्यक्ष ओलीले विधान उल्लंघन गरेको र उनीमाथि नै का,रबाही गर्नुपर्ने नेता नेपालको जिजिर छ । अध्यक्ष ओलीलाई सम्बोधन गर्दै नेपालले लेखेको जवाफमा भनिएको छ, ‘तपाईले गर्नुभएका गतिविधिहरु नेकपा ९एमाले० को नवौं राष्ट्रिय महाधिवेशनबाट पारित विधानको अध्याय सातका विभिन्न धारामा स्थापित मान्यताका विपरीत हुनुका साथै धारा ४९ को १, २, ३, ४, ५, ६, ७, ९ र १४ आकर्षित हुनेभई कारबाही गरिनुपर्ने प्रकृतिको देखिन्छ ।’

यसबारे नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीमा छलफल हुनुपर्ने उनको माग छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

sixty seven − sixty three =