ओलीलाई प्रधानमन्त्रीबाट हटाउनु भनेको फलामको च्युरा चपाए जस्तै हो : मुख्यमन्त्री गुरुङ

लमजुङ : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अब २ वर्ष केपी शर्मा ओली नै प्रधानमन्त्री हुने बताएका छन् ।
ओलीलाई प्रधानमन्त्रीबाट हटाउन खोज्नु फलामको चिउरा चपाउनु भन्दा गार्हो हुने उनको भनाई थियो । दक्षिण एशियाको नमुना ग्रामीण पर्यटकीय घलेगाउँमा आयोजित वृहत स्वास्थ्य शिविरको उदघाटन गर्दै उनले त्यस्तो बताएका हुन् ।

सरकार के होला रु भन्ने जिज्ञासा बढी रहेको बेला ओलीलाई हटाउन सोँचेजस्तो सजिलो छैन भन्दै पार्टी अध्यक्ष समेत रहेको ओली नेतृत्वको सरकार नै अबको २ बर्षका लागि कायम रहने गुरुङदे दावी गरे । प्रधानमन्त्रीलाई कसैले चाहदैमा हटाउन नसक्ने ठोकुवा गरे उनले । मुलुकमा राजनीतिक अस्थिरता उत्पन्न गराएर प्रधानमन्त्री ओली नेतृत्वको सरकार गिराउने चर्को कसरत भइरहे पनि सोचे जस्तो सहज र संभव नभएको उनले बताए ।

माधवकुमार नेपाल र प्रचण्ड नेतृत्वको समुह सरकार गिराउने खेलमा चर्को मेहनेत गरिरहेको बताउँदै अविश्वासको प्रस्ताव ल्याएर सरकार ढालेर देखाउन चुनौती दिए । ‘आन्तरिक किचलोलाई बढाएर अर्को किचलोमा फसेकाहरूमा कसले नेतृत्व गर्ने भन्ने ठूलो द्वन्द्व छ, उनीहरू आफैंमा पनि नेतृत्वको समस्या रहेको छ ।’ उनले भने ।

एमाले बाहेक अन्य तीन पार्टी मिलेर सरकार बन्ने अवस्था घाम – जुन मिल्नु जस्तै रहेको उनको भनाई थियो । गण्डकी प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा विशेष कार्यक्रम ल्याएको भन्दै गुरुङले प्रदेशमै जनशक्ति उत्पादन गर्ने र सेवा सुविधा राम्रो दिएर प्रदेशमा राख्ने योजनामा प्रदेश सरकार लागेको बताए ।

शिविर आरम्भका अवसरमा गाउँपालिका उपाध्यक्ष कुमारीमुनी गुरुङ, प्रदेश मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरे, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा, स्वास्थ्य कार्यालयका प्रमुख अमर दवाडी, जिल्ला अस्पतालका निर्देशक हेमन्त श्रेष्ठ, पत्रकार महासंघका अध्यक्ष आश गुरुङ लगायतको सहभागिता थियो । गण्डकी मेडिकल कलेज पोखरा, स्वास्थ्य कार्यालय, गाउँपालिका अन्तर्गत स्वास्थ्य शाखामा कार्यरत् स्वास्थ्यकर्मीले शिविरमा परीक्षण र उपचार सेवा दिइरहेको स्वास्थ्यकर्मी मोहदत्त ढकालले बताए । उनका अनुसार शिविरको पहिलो दिन कुल २ सय ५५ जनाले सेवा लिएका छन ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ 5 = one