एमाले विवाद : आज माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठक

काठमाडौं : अध्यक्ष केपी शर्मा ओलीप्रति असन्तुष्ट नेकपा एमालेको माधवकुमार नेपाल पक्षले आज पार्टीको केन्द्रीय कमिटी बैठक राख्दै छ।

ओलीले बोलाएको संसदीय दलको बैठक बस्नुअघि बिहान ११ बजे नेपाल समूहले केन्द्रीय बैठक राख्न लागेको हो।कलंकीस्थित मेघा पार्टी प्यालेसमा बस्ने बैठकमा आगामी रणनीतिबारे छफल गरिने नेपाल पक्षका एक जना केन्द्रीय सदस्यले जानकारी दिए।

आजै दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा ओली पक्षले एमाले संसलदीय दलको बैठक राख्दै छ। त्यसमा नेपाल पक्षले आफ्ना सांसद पनि सहभागी हुने संकेत देखाएको छ तर त्यसबारे बिहान बस्ने केन्द्रीय बैठकले निर्णय गर्ने सम्भावना छ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ 45 = forty seven