काठमाडौँमा सन्दिपाको त्यो ‘धन्दा’, जसले प्रहरीलाई चकित बनायो …

काठमाडौँ – बाल–बालिकाहरुको कानको मुन्द्रा लुट्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। बालबालिका फकाउँदै कानको मुन्द्रा लुट्ने एक महिलालाई प्रहरीले एक महिलालाई जोरपाटीबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा म्याग्दी घर भएकी सन्दिपा खत्री रहेकी छन्। उनलाई महानगरीय अपराध महाशाखा र प्रहरी वृत बौद्धको संयुक्त टोलिले पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ परेकी महिलाले केहि महिना देखि बालाजु, सोह्रखुट्टे, कपन, काँडाघारी र कोटेश्वर क्षेत्रमा लुट्ने काम गर्दै आएकी थिइन्। पछिल्लो २ महिना यता काठमाडौं उपत्यकामा बाल-बालिकाहरुको मुन्द्र लुटिने घटना बढेपछि अनुसन्धान गर्दै जाँदा उनी पक्राउ परेको महानगरीय अपराध महाशाखाले जनाएको छ।

यसरी लुटथिन्

सन्दिपा सबै भन्दा पहिला खेलिरहेका बाल–बालिकाको आमाको नाम पत्ता लगाउँथिइन्। त्यसको लागि आसपासका पसलमा चियाँ पिउँथिन् र त्यहाँ भएका कसैसँग बालिकाको आमाको नाम बारे जानकारी लिन्थिन्।

आमाको नाम थाहा भएपछि बाल-बालिकाहरुलाई ‘तिमी फलानाकी छोरा-छोरी हैन ?’ भनेर नजिकिन्थिन्। बाल–बालिकाहरुलाई उनी खानेकुरा समेत किनेर भुलाउँथिइन्। त्यसपछि ‘मुन्द्रा बोत्तल–कागज खोज्न हिँड्नेले बोरामा हालेर लैजान्छ, म आमालाई दिन्छु’ भनेर मुन्द्रा निकाल्थिन् र गायब हुन्थिन्।

घटनाको अनुसन्धान

पछिल्ला समय त्यसप्रकारक घटना बढेपछि प्रहरीले अनुसन्धान शुरु गरेको थियो। मुन्द्रा लुट्ने नयाँ शैलीको ‘अपराध ट्रेण्ड’ देखिएपछि महिलालाई प्रहरीले ‘ए-म्बुसिङ’ गरेको थियो। प्रहरीले अहिले सम्म सन्दिपाले लुटेका १६ जना बालबालिकाका परिवार पत्ता लगाइसकेको छ।

सुन किन्ने पक्राउ

लुटेको मुन्द्रा किन्ने काभ्रे रोशी गाउँपालिका घर भएका ३० वर्षीय मुरली बिकलाई पनि प्रहरीले पक्राउ गरेको छ ललितपुर महानगरपालिका–६ कनिबहाल सुन पसल रहेका उनी सन्दिपाले लुटेको सुन मुरलीले गालेर गहना बनाउँथे।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

eighty one + = eighty nine