खनाल–नेपाल समूहले ओलीलाई भन्यो – पार्टी विभाजनको रेखा नकोर्नू

काठमाडौं : नेकपा एमाले खनाल–नेपाल समूहले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी विभाजनको रेखा नकोर्न आग्रह गरेको छ ।

आज बसेको केन्द्रीय कमिटीको अनौपचारिक बैठकले अध्यक्ष ओलीलाई पार्टी एकता जोगाउन जेठ २ गतेअघिको केन्द्रीय कमिटीको बै,ठक बोलाउन आग्रह गरेको केन्द्रीय सदस्य रचना खड्काले बताइन् ।

“एकता जोगाउनुस्, अध्यक्ष आफैँ विभाजनको बाटोमा नलाग्नुस् । विधा,नसम्मत केन्द्रीय कमिटीको बैठक बोलाउनुस् । जेठ २ गतेअघिको केन्द्रीय कमिटीको बैठक बोलाउनुस् भन्ने आग्रह गरेका छौँ,” उनले भनिन् ।

त्यस्तै, खनाल–नेपाल समूहले वक्त,व्य पनि जारी गर्ने भएको छ । वक्तव्य भोलि जारी गर्ने उनले बताइन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ one = five