महन्थ ठाकुरलाई प्रचण्डको आग्रह : ओलीकहाँ नधाउनूस् मेरै जस्तो हालत होला

काठमाडौँ : प्राय प्लेकार्ड बोकेर प्रदर्शन गरिरहने बृहत् नागरिक आन्दोलनले शनिबार पृथक बहस चलायो । प्रज्ञा प्रतिष्ठानको डबलीमा शनिबार दिउँसो राजनीतिक दलका शीर्षसहित प्रभावशाली नेताहरुबीच बहस सम्भव भएको हो ।

नेकपा ९माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का नेता माधव कुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेपाली कांग्रेसका नेता डा। मिनेन्द्र रिजाल बहसमा सहभागी थिए । उनीहरुलाई चोटिला प्रश्न गर्दै थिए राजनीतिशास्त्री तथा विश्लेषक प्रा कृष्ण खनालले । अधिकारकर्मी दोभान राईले भने खनाललाई साथ दिँदै थिइन् ।

दुई जना पूर्वप्रधानमन्त्रीलाई नै उपस्थित गराएर नागरिक आन्दोलनले गरेको यस्तो भिन्न बहसमूलक कार्यक्रम संविधान निर्माणपछि सम्भवत पहिलो हो । प्रधानमन्त्री केपी ओलीका पछिल्ला गतिविधिबाट उत्पन्न परिस्थिति र अग्रगमनको मुद्दा लगायत विषयमा बहस केन्द्रित थियो ।

कार्यक्रममा नेताहरूबीच आपसमा तर्क(वितर्क र अन्तरक्रियासमेत भयो । विशेषगरी प्रधानमन्त्री ओलीलाई हटाउने वा नहटाउने अर्थात् सरकारलाई दिएको विश्वासको मत फिर्ता लिने वा नलिने भन्ने विषयमा प्रचण्ड र लामो विमर्श चल्यो ।

प्रचण्डले नेता ठाकुरलाई ओलीसँग सत्ता समिकरणका लागि सम्झौता नगर्न आग्रह गरेका थिए । साथै शान्ति प्रक्रियामा आउने बेलादेखि नै ठाकुरसँगको सम्बन्ध स्मरण गराउँदै आफूलाई साथ दिन प्रचण्डले आग्रह गरे ।

केही दिनमा नै सरकार बन्ने भएकाले ओलीसँग नजिक नहुन बरु आफूलाई साथ दिन ठाकुरलाई प्रचण्डको आग्रह थियो । प्रचण्डले ओली नेतृत्वको सरकारलाई आफूहरुले दिएको समर्थन केही दिनमै फिर्ता लिने पनि बताएका थिए । तर समर्थन फिर्ता नलिन आफूमाथि दबाब आइरहेको उनले दावी गरे ।

अग्रगामी मुद्दामा आफू सधैँ अगाडि रहेको भन्दै प्रचण्डले ओलीलाई पार्टीबाट हटाउने नेता पनि आफैँ भएको स्मरण गराए । नेताहरु अभिभावको रुपमा प्रस्तुत हुनुपर्नेमा निरीह रुपमा प्रस्तुत भएको भन्ने प्रश्नकर्ता दोभान राईको टिप्पणीप्रति प्रचण्डले आफूले गरेका अग्रगामी निर्णयहरु सम्झिदिन आग्रह गरे । त्यस क्रममा उनले आफूले पहिलो पटक विदेशी हस्तक्षेपका कारण प्रधानमन्त्रीबाट राजीनामा दिएको स्मरण गराए ।

प्रचण्डले आफूलाई पीडित भए पनि सधैँ अग्रगामी निर्णय गरेको र ओली प्रवृत्तिविरुद्ध विद्रोह गरेको नेताको रुपमा चिनाएका थिए ।

प्रचण्डसँग बहसको क्रममा जसपाका अध्यक्ष महन्थ ठाकुरले अप्ठ्यारो परेको बेला मात्र ठूला राजनीतिक दलले आफूहरूलाई सम्झने गरेको गुनासो गरे । अहिले आफूहरुका कारण नभइ कम्युनिस्ट पार्टीभित्रको आपसी लडाँइले गर्दा समस्या उत्पन्न भएको टिप्पणी गरे ।

साथै सत्ता समिकरणमा लागि प्रधानमन्त्री ओलीसँग कुनै सम्झौता नगरेको पनि उनले बताए । विश्वासको मत दिने बेलामा मात्रै आफ्नो पार्टीले निर्णय गर्ने उनले बताए । साथै यसअघि पटक पटक सम्झौता गरे पनि मधेसी समुदाय पछाडि पारिएको ठाकुरको गुनासो थियो ।

ठाकुरको भनाइमाथि टिप्पणी गर्दै प्रचण्डले भने आफू पनि पीडित भएको र पीडितहरु मिलेर विद्रोह गर्नुपर्ने बताएका थिए । ‘तपाईं पनि पीडित । म पनि पीडित, हामी पीडित(पीडित मिल्ने हो’ प्रचण्डले ठाकुरलाई लक्षित गर्दै भनेका थिए ।

ठाकुरले भने आफूहरुको समस्या र प्रचण्डहरुको समस्या अलग अलग भएको बताएका थिए । प्रचण्डलाई प्रतिप्रश्न गर्दै नेता ठाकुरले भने ‘अहीले त तपाईं आफैँ अलमलमा हुनुहुन्छ । अनि हामीलाई दोष दिने रु तपाईँ आफैँ ओलीलाई साथ दिएर बस्नु भएको छ । तपाईंहरू सरकारलाई समर्थन गरिरहने अनि हामीलाई भन्ने रु तापईंको पीडा र हाम्रो पीडा फरक छ ।ु

सरकारको समर्थन फिर्ता लिनेबारे प्रचण्ड र ठाकुरबीच लामो तर्क वितर्क चल्यो । जहाँ प्रचण्डले आफ्ना साथीहरु पनि अझै जेलभित्रै रहेको र आफैँमाथि थुप्रै मुद्दा भएकाले ठाकुरहरु जस्तै समस्यामा रहेको बताएका थिए ।

ुममाथि मुद्दा छैन रु मेरा साथीहरू जेलमा छैनन् भन्ने ठान्नु भएको छ रु जेलमा रहेका रेशम चौधरी भेट्न ओलीका मान्छेहरू अहिले जान थालेका छन् । तर अफ्ठेरो स्थितिमा रेशम चौधरीलाई भेट्न जेल जाने मै हुँ । यो कुरा महन्थजीलाई पनि थाहा छ,ु प्रचण्डले भने ।

ओलीकहाँ धाउँदा आफूले पनि दुख पाएको स्मरण गराउँदै प्रचण्डले ठाकुरलाई पनि ओलीकहाँ नजान आग्रह गरेका थिए । ुनत्र तपाइँको पनि मेरै जस्तो हाल होला । म पनि कहिले ओलीकहाँ कहिले बालुवाटार धाउँदा धाउँदा यस्तो हाल भयोु प्रचण्डले भनेका थिए ।

कांग्रेस नेता मिनेन्द्र रिजालले भने प्रधानमन्त्री ओलीलाई आफूहरुले सुरुदेखि नै साथ नदिएको बताए । ओलीलाई कांग्रेसले विश्वाको मत देला त रु भन्दै प्रश्नकर्ता खनालले सोधेको प्रश्नमा रिजालले ओली प्रधानमन्त्री बनेदेखि नै आफूहरूको अविश्वास रहेको प्रतिक्रिया दिए । र अविश्वासको प्रस्ताव जहाँबाट आए पनि कांग्रेस प्रस्तावको पक्षमा उभिने नेता रिजालले बताए ।

बहसको अन्त्यतिर दर्शक दिर्घाबाट दुईजना खगेन्द्र संग्रौला र मोहना अन्सारीको मात्रै प्रश्न लिइएको थियो । जहाँ संग्रौलाले आफ्नै लयमा पेचिलो र व्यंग्यात्मक प्रश्न गरे । खड्गप्रसाद ओलीलाई अहिलेको ुकेपी ओलीु बनाउन प्रचण्डकै मुख्य भूमिका रहेको भन्दै प्रचण्डको दुखमा समभाव व्यक्त गरे । प्रचण्ड अहिले आफैँ दुखमा फसेकाले उनीसँग प्रश्न नरहेको भन्दै व्यंग्य कसेका थिए ।

यस्तै मानवअधिकारकर्मी मोहना अन्सारीले अहिलेसम्म प्राप्त उपलब्धी गुम्ने खतरा देखिएकोले तिनको रक्षा गर्न नेताहरुले प्रतिवद्धता व्यक्त गर्नुपर्ने बताइन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

twenty seven − 21 =