आज चैत १५ गते आइतबार, यस्तो छ तपाईंको राशिफल

मेष :चू,चे,चो,ला,लि,लू,ले,लो,अ
भौतिक साधन जुट्नाले प्रसन्नता मिल्नेछ । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । श्रम गरीकन मूल्य प्राप्त नहुने समय छ । आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । अरूका लागि बुद्धि खर्चनुपर्नेछ । गोपनीयतामा ध्यान पुर्याउनु होला । साँझदेखि स्थितिमा सुधार आउनेछ ।

बृष :ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो
छोटो समयमा उपलब्धि हात पार्ने अवसर प्राप्त हुनेछ । विभिन्न भौतिक साधन संग्रह गर्ने मौका छ । नौलो प्रकृतिको काम शुभारम्भ गर्ने मौका छ । बिना प्रतिस्पर्धा धन लाभ हुनेछ । आर्थिक लाभ हुने दिगो काम प्रारम्भ हुन सक्छ । बलजफ्ती गर्दा हानि हुन सक्छ । अन्न लाभ पनि हुनेछ ।

मिथुन :का,की,कू,घ,ङ,छ,के,को,हा
अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । प्रयत्न गर्दा अप्ठ्यारा काम पनि सम्पादन हुन सक्छन् । उपलब्धिले थप उत्साह जगाउनेछ । विभिन्न अवसर प्राप्त हुनाले मन प्रफुल्ल हुनेछ । अतिथिको रूपमा सम्मान पाइएला ।

कर्कट :ही,हू,हे,हो,डा,डी,डु,डे,डो
दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । हिम्मत गर्दा पुरुषार्थी काम सम्पादन हुन सक्छ । समयको गतिलाई पछ्याउने प्रयत्न गर्नुहोला । प्रेम र मित्रताको बन्धन कसिने समय छ । बौद्धिक व्यक्तित्वहरूसँग प्रतिस्पर्धामा उत्रनुपर्ला ।

सिंह :मा,मी,मू,मे,मो,टा,टी,टू,टे
स्वास्थ्यका लागि आहार विहारमा ध्यान पुर्याउनु होला । मध्याह्नपछि व्यावसायिक काममा खर्च बढ्नेछ । रोकिएका काम बन्नेछन् भने नयाँ काम प्रारम्भ गर्ने समय छ । व्यवसायमा राम्रै फाइदा हुनेछ । ज्ञान तथा रहस्य पत्ता लगाउन सकिनेछ । तर, स्वास्थ्यमा अलि कमजोरी अनुभूति हुनेछ ।

कन्या :टो,पा,पी,पू,ष,ण,ठ,पे,पो
अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । अवसरवादीहरूले झुक्याउन सक्छन् । आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन् । घरेलु समस्याले सताए पनि प्रयत्न गर्दा विभिन्न काम सम्पादन हुनेछन् । शुभ चिन्तकहरूले सहयोगका लागि तत्परता देखाउनेछन् ।

तुला :रा,री,रु,रे,रो,ता,ती,तू,ते
हिम्मतले काम बनाउन सकिनेछ । प्रतिस्पर्धीहरूलाई पछि पार्ने समय छ । ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ । व्यवसायमा लगानी बढाउनु पर्ने समय छ । कमजोरी लुकाउँदा पछि परिनेछ । रोकिएका काम सम्पादन गर्ने मौका छ । बेसुरमा बचन दिनाले दुख पाइनेछ ।

बृश्चिक :तो,ना,नी,नू,ने,नो,या,यी,यू
प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । अतिथिका रूपमा सम्मान पाइने समय छ । चिताएको काममा सफलता मिल्ने देखिन्छ । शुभ चिन्तकहरूले आफ्ना योजनामा साथ दिनेछन् । व्यवसायले यात्राको अवसर जुटाउन सक्छ ।

धनु :ये,यो,भा,भी,भू,ध,फा,ढा,भे
ईर्ष्यालु मन भएकाहरूले सताउन सक्छन् । स्वास्थ्य पनि कमजोर बन्न सक्छ । आश्वासन बाँड्नेहरूको भरपर्दा काम बिग्रन सक्छ । शक्तिशाली व्यक्तित्वबाटै अवरोध हुने समय छ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । बाध्यतामा अलमलिनु पर्दा चिताएको काम रोकिन सक्छ ।

मकर :भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी
मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ । दिन सामान्य नै छ । आम्दानी बढ्नेछ । परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । साँझतिर अवसरवादीहरूले अप्ठ्यारोमा पार्न सक्छन् ।

कुम्भ :गू,गे,गो,सा,सी,सू,से,सो,दा
पहिलेका सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ । दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । व्यापारमा प्रशस्त फाइदा हुनेछ । रोकिएका काम बन्नुका साथै विभिन्न अवसर प्राप्त हुनेछन् । नसोचेको धन लाभ हुन सक्छ ।

मीन :दी,दू,थ,झ,ञ,दे,दो,चा,ची
नयाँ काम प्रारम्भ गर्ने समय छ । व्यापारमा मनग्य धन लाभ हुनेछ । शुभ चिन्तकहरूले राम्रो सहयोग जुटाउनेछन् । प्रतिद्वन्द्वीहरूलाई पछि पार्न सकिनेछ । चिताएको काम पनि पूरा हुन सक्छ । विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूको साथ जुट्नाले मनमा उत्साह बढ्नेछ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

sixty − 55 =