पार्टी एकताको लागि सबै गम्भीर बन्नुपर्छ : सांसद योगेश भट्टराई

काठमाडौं : नेकपा (एमाले) का प्रभावशाली नेता तथा सांसद योगेश कुमार भट्टराईले आफू पदको लागि नदौडिने नेता भएको स्पष्ट पारेका छन् । उनले आफू प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिएको भन्दापनि पार्टी एकताको पक्षमा रहेको जिकिर गरे । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले आफूले सुरुदेखि नै पार्टी एकताको पक्षमा वकालत गरेको जिकिर गरे ।

उनले पार्टीभित्रको विवाद यसरी आईपुग्नुमा सबैको कमिकमजोरी रहेको सुनाए । उनले नेताहरु कसैले पनि घमण्ड गर्न नहुने स्पष्ट पारे । नेता भट्टराईले माधव नेपाल पक्षभित्र पनि विवाद रहेको र अध्यक्ष ओली पक्षभित्रपनि विवाद रहेको जिकिर गरे । उनले पार्टी एकता जोगाउनको लागि सबै नेता चिन्तित रहेको सुनाए । गत फागुन २८ गतेका सम्पूर्ण निर्णय वैधानिक रहेको भन्दै ती निर्णय मानेर आउन भनेर प्रधानमन्त्री ओलीले भनेको पनि उनले स्मरण गराए ।

उनले पार्टीभित्र सबैलाई अटाउने ठाउँ दिनुपर्ने पनि जिकिर गरे । तर, प्रधानमन्त्री तथा अध्यक्ष ओलीले लचकता अपनाउने पनि उनको विश्वास छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ seventeen = nineteen