प्रचण्ड माधवबीच कोटेश्वरमा २ घण्टा भेटवार्ता

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । अध्यक्ष प्रचण्ड र नेता नेपालबीच सोमबार दिउँसो करिव २ घण्टा कोटेश्वरस्थित एक घरमा भेटवार्ता भएको हो । भेटवार्तामा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको दुवै नेता निकट श्रोतहरुले बताएका छन् ।

नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता र संसद बैठक स्थगित गर्ने चर्चा भइरहेका बेला नेताद्धयबीच भेटवार्ता भएको हो । अध्यक्ष प्रचण्डले शनिबार काठमाडौमा भएको एक कार्यक्रममा केही दिनभित्रै सरकारलाई दिएको समर्थन फिर्ता गर्ने बताएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि एमाले नेता नेपाल पक्ष र प्रचण्ड पक्षले त्यसविरुद्ध आन्दोलन गरेका थिए । सर्वोच्चको फैसलाबाट प्रतिनिधिसभा पुनःस्थापना भएपनि सरकारले बिजनेस नदिँदा कामविहिन हुदै आएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

60 ÷ = twenty