अ‍ोलीले गरे माधव नेपाल र भीम रावल लाई एमालेबाट निष्काशित

काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीले नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल र भीम रावलाई पार्टीबाट ६ महिनाका लागि नि,ष्काशित गरेका छन्।

उनीहरू दुवैलाई ६ महिनाका लागि पार्टीको साधारण सदस्य समेत नरहने गरि नि,लम्वन गरिएको छ।

उनीहरु दुवैजनालाई यसअघि गुटगत गतिविधि गरेको भन्दै अध्यक्ष ओलीले स्पष्टीकरण सोधेका थिए। स्पष्टीकरण चित्त बुझ्दो नभएपछि सोमबार एमालेबाट निष्काशित गर्ने निर्णय भएको हो।

पार्टीका सबै जिम्मेवारीहरू तथा पार्टी सदस्यताबाटै पार्टी विधान २०४९ को धारा ४९ ख अनुसार ६ महिनाका लागि नि,लम्बन गरिएको अध्यक्ष ओलीले बताएका छन।

सच्चिनका लागि ६ महिनाको समय दिइएको र यो अवधिमा विचार र क्रियाकलापहरू सच्याई पार्टीका पक्षमा आएमा पार्टीले निलम्बन फुकुवा गर्न सक्ने तर, गतिविधि जारी राखे यसबीचमा पनि थप कारवाही गर्ने चेता,वनी समेत ओलीले दिएका छन्।

वरिष्ठ नेता नेपालले आजै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग एक व्यापारीको घरमा बसेर छलफल गरेका छन्।

का,र्वाहीमा परेको पत्र पाएलगत्तै नेता नेपाल माओवादी केन्द्रका अध्यक्ष दाहालसंग भेट्न कोटेश्वर पुगेका थिए । उनिहरुले दुई घण्टा कोटेश्वरमा छलफल गरेका थिए ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

eleven − 2 =