फेरि भेटियो कुखुरा, बट्टाइ र हाँसमा बर्डफ्लु

काठमाडौं : फेरि कुखुरा, बट्टाई र हाँसमा बर्डफ्लु रो,ग भेटिएको छ । ललितपुर महानगरपालिका–१४ नख्खुमा एक कृषकले पालेका स्थानीय कुखुरा, बट्टाई र हाँसमा बर्डफ्लु रोग भेटिएको हो । महानगरपालिका–१४ नख्खुमा एक कृषकले पालेका स्थानीय कुखुरा, बट्टाई र हाँसबाट नमुना संगकलन गरेको नमुनामा नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरमा परीक्षण गर्दा हिजो सोमबार बर्ड फ्लु रोग पुष्टि भएको पशु सेवा विभागले जानकारी दिएको छ । विभागले रो,ग नियन्त्रणका लागि ५ सय १६ हाँस, ८५४ स्थानीय कुखुरा, १ सय ५४ बट्टाई, ९ सय ४४ गोटा अण्डा र ३ सय ३५ किलोग्राम दाना न,ष्ट गरेको जनाएको छ ।

यसअघि गत माघमा काठमाडौंको तारकेश्वर नगरपालिकाको दुई पटक बर्ड प्लु रो,ग देखिएको थियो । पहिलो पटक गतमाघमा वडा नं। ७ साङ्लेखोला, फुटुङका स्थानीय कृषकहरूले पालेका टर्की र हाँसमा बर्ड फ्लु भेटिएको थियो । दोस्रो पटक डा नं १ स्थीत साङ्गलेखोला छापका किसान प्रलाद तामाङ्ग र उनका छोरा सुमन तामाङ्गले पालेको हाँस एवं कुखुरामा बर्ड प्लु देखिएको थियो ।

काठमाडौंको तारकेश्वर नगरपालिकाका त्यो समयमा बर्ड फ्लु रोग देखिए पछि करिब साढे २३ सय वटा घरपालुवा पन्छी तथा रो,ग सार्न सक्ने अन्य वस्तु समेत न,ष्ट गरेको थियो । १ हजार ८ सय ६५ वटा हाँस, ६ सय २२ बट्टाई ३२ कुखुरा, २५ टर्की, ५४२ अण्डा र ७५ केजी दाना नष्ट गरिएको थियो ।

विभागका अनुसार माघयता काठमाडौं, सुर्खेत र जाजरकोटमा बर्ड फ्लु, फैलिएको पुष्टि भइसकेको छ । बर्ड फ्लु रो,गको निगरानीको क्रममा देशका विभिन्न स्थानबाट नमुना संकलन गरी परीक्षण गर्दा फेरी ललितपुरमा फेरी बर्डफ्लु भेटिएको छ । सर्भिलेन्सकै क्रममा बागमती प्रदेश, ललितपुर महानगरपालिका वडा नं। १४ नख्खुमा कृषकले पालेका स्थानीय कुखुरा, बट्टाई र हाँसमा बर्डप्लु र हाँसबाट संकलन गरिएको नमुनामा परिक्षण गर्दा सोमबार पुष्टि भएको विभागले जानकारी दिएको छ ।

विभागका अनुसार त्रिपुरेश्वरको रियल टाइम पिसिआर विधिबाट परीक्षण गर्दा कुखुरा, बट्टाई र हाँसमा बर्डप्लु रोग एच फाइव एन ऐट निदान पुष्टि भएको छ । बर्डफ्लु रोग पुष्टि भएको क्षेत्रबाट रोग अन्यत्र फैलन नदिई तत्काल नियन्त्रणमा लिन संघ, प्रदेश तथा स्थानीय तहका निकायहरूको परिचालन गरिएको विभागले जनाएको छ ।

रोग भेटिएको र संभावित फैलन सक्ने क्षेत्रमा रहेका सम्पूर्ण घरपालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य वस्तु नष्ट गरी रो,ग नियन्त्रणको प्रयास भइरहेको पनि विभागले जनाएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ 8 = one