कांग्रेस सभापति देउवासँग प्रचण्डको भेटवार्ता

काठमान्डौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । देउवालाई भेट्न प्रचण्ड मंगलवार दिउँसो बूढानीलकण्ठस्थित निवासमा पुगेका थिए ।

देउवा र प्रचण्डबीचको भेटवार्ताबारे दुवै पक्षले पुष्टि गरेपनि छलफलको विषयवस्तुबारे बाहिर आएको छैन । प्रचण्डले कांग्रेसलाई सरकारको नेतृत्व लिन यसअघि नै आग्रह गरेका थिए ।

माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता नलिएको अवस्थामा कुनै निर्णय नगर्ने देउवाले बताउँदै आएका थिए । अध्यक्ष प्रचण्डले शनिवार एक कार्यक्रममा सरकारलाई दिएको समर्थन फिर्ता गर्ने बताएका थिए ।

सभापति देउवाले भने केही दिनअघि विराटनगरमा पुगेर कांग्रेस प्रतिपक्षमै बस्ने बताएका थिए । प्रचण्डले मंगलवार नै जनता समाजवादी पार्टीका नेता डा। बाबुराम भट्टराईसँग पनि भेटवार्ता गरेका छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

39 − = thirty seven