जग्गा दलालले दुई छोरी सहित श्रीमती उडाए, विदेशमा कमाएको ७ लाख पनि छैन भन्दै यसरी रो’ए श्रीमान (भिडियो हेर्नुस)

काठमाडौ । दाङ जिल्लाको दंगीशरण गाउँपालिका वडा नं ६ को श्रीगाउँमा एक अनौठो घटना भएको छ । एक २४ वर्षकी महिला आफ्ना २ छोरी समेत लिएर वेपत्ता भएपछि उनका श्रीमान रुँदै मिडियामा आएका छन् । पवित्रा रावत एक साता अघि देखि बेपत्ता भएकी हुन् । उनको साथमा दुई छोरी पनि लिएर गएपछि पवित्राका श्रीमान मिडियामा आएका छन् । पवित्राका श्रीमानले विदेशवाट कमाएको झण्डै ७ लाख रुपैया पनि लिएर हराएको बताएका छन् ।

उनी अहिले श्रीमतीको खोजीमा बाहिर निस्केका छन् । आफुले मन पराएर विवाह गरेको श्रीमती हिँडेपछि एक्लै भएका उनी आमाबुवाको अगाडी पनि जान नसकेको बताएका छन् । लक्ष्मण रावतले भने, आफैले माया गरेर विवाह गरेको हो । आमावुवाको अगाडी जान पनि सकेको छैन । उनले असोज १ गते आफ्नो दिदीको घरमा जान्छु भनेर राम्रै सल्लाहमा पठाएको उनले बताएका छन् । दिदीको घरमा एक दिन बसेको पनि उनलाई थाहा छ । भोलीपल्ट दिदीको घरवाट छोरीलाई औषधी गर्न बजार जान लागेको छु भनेर फोनमा भनेकी थिइन् । त्यसको केही घण्टा पछि फोन गर्दा अस्पतालमै पालो कुर्दैछु भनेर सुनाएकी थिइन् ।

साँझ परिसक्दा पनि अस्पतालमा पालो कुरीरहेको छु, ५ जना पछि मेरो पालो आउँछ भनेर म्यासेज लेखिन् । बारम्बार फोन गर्दा पनि उनले उनले पालो कुर्दैछु भन्दै म्यासेज गरिरहीन् । पछि अस्पतालवाट म दिदीकै घरमा जान्छु भनेर गएकी उनी भोलीपल्ट दिदीको घरमा लिन जाँदा श्रीमती घरमा नदेखेको बताएका छन् । दिदीलाई पनि त्यसवारे केही थाहा नभएको बताएका छन् । छोरीहरुले मामा घर जान भनिरहेका कारण केही दिन दिदीकै घरमा भएपनि बस्न भनेर उनी गएकी थिइन् ।

तर अहिले सम्म उनी सम्पर्कमा आएकी छैनन् । श्रीमानलाई पवित्रा ५० वर्षको अर्को पुरुषसंग गएको हुनसक्ने आशंका गरेका छन् । आफु विदेशमा हुँदा जग्गा किन्ने कुरा भइरहेको र त्यो पुरुषले आफ्नो श्रीमतीलाई घडेरी पनि देखाएको आफुलाई थाहा भएको बताएका छन् । ति ब्यक्तिले मलाई पनि फोन गरेका थिए, उनले भने, बहिनीले जग्गा किन्ने भनेका कारण जग्गा हेरेका छौं किन्ने हो की होइन भनेर सोधेको बताएका छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

twenty three + = thirty one