सरकारलाई अझै काम गर्न नदिएको प्रधानमन्त्री ओलीको दाबी

 

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलले सरकारलाई अझै पनि काम गर्न नदिएको दाबी गरेका छन् ।

शुक्रवार काठमाडौंमा आयोजित मेलम्ची खानेपानी काठमाडौं उपत्यकामा वितरण गरिने कार्यक्रममा सरकारलाई काम गर्न नदिइएको बताएका हुन् । ओलीले कसले काम गर्न नदिएको भन्ने कुरा भने खुलाएनन् ।

त्यस्तै प्रधानमन्त्री ओलीले सत्तामा जान नपाएकाहरुले देशमा प्रतिगमन भयो भनेका भन्दै केहो प्रतिगमन भन्दै प्रश्न समेत गरे । सरकारले राम्रा काम गरेको दाबी गर्दै प्रधानमन्त्री ओलीले पूर्वाधार विकासमा सरकारले सधै ध्यान दिने बताए । ओलीले देश विकासका लागि लगानी भित्र्याउने काम भइरहेको उल्लेख गरे ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

64 ÷ = eight