रूकुम पुगेर प्रचण्डले भने: मलाई बम हान्नेलाई गृहमन्त्री बनाएर गल्ती गरें, अब त्यस्तो गर्दिनँ

काठमान्डौं : नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले आफू पुनस् जनताका काखमा आइपुगेको बताएका छन्।

मंगलबार रूकुम पश्चिममा भएको जनप्रशिक्षण कार्यक्रममा पुगेका प्रचण्ड आफूलाई दुस्खमा बचाउने नेता तथा कार्यकर्ता पछि परेकोमा आत्मआलोचना पनि गरेका छन्।

‘म आत्मआलोचना गर्न आएको हुँ। मलाई दुस्खमा बचाउने र सहयोग गर्ने तथा अप्ठरो पर्दा प्रचण्ड भन्नेहरू ओझेलमा परेका छन्। जाली, फटाहले भाउ पाएजस्तो भयो,’ उनले भने।

उनले पार्टी छाडेर गएका र पुनस् फर्केकाहरूलाई आफूले माथिल्लो तहमा जिम्मेवारी दिनु गल्ती भएको पनि बताए।

‘पार्टी विभाजन गरेर जानेलाई माथिल्लो तहमा जिम्मा दिएँ। मलाई गद्दार भन्नेहरू र ०७० सालको चुनावमा ममाथि बम प्रहार गर्ने साथीहरूलाई गृहमन्त्री बनाएँ। मैले गल्ती गरें। उनीहरू बिकाउ माल सावित भए,’ उनले भने।

उनले इमान्दार कार्यकर्तालाई अब पार्टीमा अगाडि बढाउने बताए।

‘इमान्दार कार्यकर्तालाई पार्टी, नियुक्तिहरू र मन्त्री बनाउँदा प्राथमिकता दिनुपर्नेमा मैले गल्ती गरेँ। सहिद परिवार ओझेलमा परेजस्तो भयो भने जनयुद्धमा त्याग गर्नेहरू पनि ओझेलमा परे। अब म त्यस्तो गर्दिनँ। हिजो युद्धमा लागेकालाई अगाडि बढाउने संकल्प गर्छु,’ उनले भने।

उनले प्रतिक्रान्तिकारीहरूलाई खबरदार गर्न आफू जिल्ला आएको पनि बताएका छन्।

‘सिंहदरबारमा बस्ने प्रतिक्रान्तिहरूलाई खबरदार भन्न रूकुम पश्चिम आएको हुँ खबरदार,’ उनले भने। आफूलाई जनताको साथ भएको उनको भनाइ थियो।

‘प्रचण्ड कमजोर भयो। जनताको साथ छैन। संविधान र गणतन्त्र उल्टाइदिए हुन्छ भनेर केहीकेही मानिसले सोचेका छन्। मसँग मेरो पार्टी छ नेता कार्यकर्ता छन्,’ उनले भने, ‘मसँग क्रान्तिकारी जनताको ऊर्जा शक्ति छ।’

उनले आफू जनताका काखमा गएर प्रतिगमनकारीलाई चुनौती दिने आँट आफूमा भएको बताए।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

− three = six