विश्वका सबैभन्दा प्रदूषित १० सहरमध्ये काठमाडौँ पहिलो नम्बरमा

काठमाडौँ : काठमाडौँ उपत्यकासहित देशभर पछिल्लो केही दिनदेखि वायु प्रदूषणका बढेको छ। जसका कारण राम्रोसँग घाम लागेको छैन भने आकाश धुम्म छ।

वायु प्रदूषणका कारण स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्किन विज्ञहरुले सुझाव दिँदै आएका छन्।

वायु प्रदूषण मापन गर्ने वेवसाइट आईक्यू एयर डट कमका अनुसार बुधबार अपराह्न यो समाचार तयार पार्दासम्म काठमाडौँ विश्वका सबैभन्दा प्रदूषित सहरमध्ये पहिलो नम्बरमा रहेको छ। काठमाडौँको एक्यूआई २०७ रहेको छ। यो स्वास्थ्यका लागि हानिकारक अवस्था हो।

काठमाडौँ पछि दोस्रो नम्बरमा रहेको भारतको मुम्बईको एक्यूआई १५६, तेस्रोमा रहेको दिल्लीको एक्यूआई १५२, चौथो स्थानमा रहेको इजरायलको तेल अभिव याफोको एक्यूआई १२२, पाँचौँ स्थानमा रहेको चीनको सांघाईको एक्यूआई ११४ र छैठौँ स्थानमा रहेको भारतको कोलकात्ताको एक्यूआई ११२ रहेको छ।

यस्तै सातौँ नम्बरमा रहेको चीनको वुहानको ११२, आठौँमा रहेको बंगलादेशको राजधानी ढाकाको १०७, नौ नम्बरमा रहेको मंगोलियाको उलानवटोरको १०५ र दशौँ नम्बरमा रहेको भियतनामको हनोईको एक्यूआई १०४ रहेको छ।

यी विश्वका सबैभन्दा प्रदूषित १० सहरमध्ये काठमाडौँ, मुम्बई, दिल्ली, कोलकात्ता र ढाका गरी पाँचवटा दक्षिण एसियाका मात्रै छन्। प्रदूषित १० वटै सहर एसियाका हुन्।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

sixty ÷ = six