काठमाडौँ विश्वविद्यालयले कोरोना संक्रमण बढेपछि शुरु गर्‍यो अनलाइन पढाइ

काठमाडौँ : कोरोना संक्रमण बढ्दै गएपछि काठमाडौँ विश्वविद्यालयले आजदेखि अनलाइन माध्यमबाट पढाउन शुरू गरेको छ । बुधबार विश्वविद्यालयले एक सूचना जारी गर्दै आजबाट अनलाइनमार्फत पढाइ शुरू गरेको जनाएको छ ।

विश्वविद्यालयले स्कूल अफ साइन्स र इन्जिनियरिङ अन्तर्गतका सबै कार्यक्रमको पढाइ आगमी वैशाख मसान्तसम्म अनलाइनमार्फत् गर्ने निर्णय गरेको छ ।

स्कूल अफ साइन्सका डिन प्रा।डा। कन्हैया झा र स्कूल अफ इन्जिनियरिङका डिन प्रा।डा। मनीष पोखरेलले संयुक्त रुपमा निकालेको सूचनामा चैत २६ गतेदेखि २०७८ वैशाख मसान्तसम्म अनलाइनमाध्यमबाट पढाइ हुने उल्लेख गरिएको छ ।

अध्ययन अध्यापन अनलाइनमार्फत भएपनि प्रशासनिक काम भने कार्यालयबाटै सञ्चालन हुने विश्वविद्यालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

ten × one =