चर्चित कलाकारहरुको रोजाईको हेयर डिजाइनर बन्दै जुरी,यस्तो छ उनको संघर्षको कथा

काठमान्डौं : महोत्तरी जिल्ला कोलुवाबहेरा घर भएका जुरी ठाकुर विगत १९ वर्ष देखि कपाल काट्ने पेसामा निरन्तर लागि रहेका छन् । १० कक्षाको पढाई सकिए लगतै उनी कपाल काट्ने पेसातिर हानिए । उनको कपाल काट्ने पेसा पूर्खौली हो । उनको बुबा पनि सैलुन खोलेर यही पेसामा आबद्ध थिए ।

पढाईमा खासै अगाडि बढ्न नसकेका जुरी हेयर डिजाइन देखि फेसियलसम्म गरेर मानिसलाई चिटिक्क पार्ने काममा भने निकै अगाडि छन् । उनले हाल नयाँ बानेश्वरको खरिबोट चोक नजिकै जुरी युनिसेक्स पार्लर खोलेर सेवा दिइरहेका छन् ।

महोत्तरी जिल्लाबाट काठमाडौं आएका जुरीले निकै दुख कष्ट सहेका छन् । उनी सुरुमा काठमाडौ आउँदा पत्रिका ओछ्याएर सुत्ने गर्थे, इटाको सिरानी लगाएर सुतेका रातहरु अझैसम्म उनले भुलेका छैनन् । बिहान खाए बेलुका के खाउँ, बेलुका खाए बिहान के खाउँ भन्ने थियो । पुर्खैली पेसा भएकाले उनले कपाल काट्न त जान्दथे तर काठमाडौंको नौलो ठाउँ कसरी सुरु गर्ने ? उनि अन्यौलमा थिए । उनले बिस्तारै बिस्तारै आफ्नो पेसालाई निरन्तरता दिन थाले । पसल सुरु गर्दै गर्दा उनलाई निकै दुख भएको सुनाए ।

सुरुमै बानेश्वरको ठूलो खरीबोटबाट व्यवसाय सुरु गरेका उनी हाल सम्म बानेश्वरमै छन् । एउटा सटर भाडामा लिएर काम सुरु गरेका उनले हाल सटर सहित फ्याट नै लिएका छन् भने अब चाहीं उनले अरु ठाउँमा पनि सैलुन विस्तार गर्ने सोच बनाएका छन् ।

सबै संग नम्र स्वरमा बोल्ने उनको स्वभाव पनि निकै शान्त छ । आफूले गरेको काममा उनि निखरता ल्याउन चाहान्छन् । आफ्नो पसलमा आउने ग्राहकलाई सन्तुष्ट बनाएर पठाउने उनको खुबी छ ।

कलाकार देखि पत्रकारहुदै सर्बसाधारणको कपाल काट्न ब्यस्त जुरी

पछिल्लो समय जुरी ठाकुर निकै व्यस्त छन् । उनले ९० प्रतिशत कलाकारको कपाल काटिसकेको बताए । उनि हाल कलाकार तथा पत्रकार संगै सर्बसाधारणको कपाल काट्नमा तल्लीन भएर लागि रहेका छन् । उनले चर्चित कलाकारहरु दिलिप रायमाझी, जयकिसन बस्नेत, प्रदिप खड्का, सुनिल थापा, सोभित बस्नेत, पल शाह, रमित ढुङगाना, बिराज भट्ट लगायत अधिकांश कलाकारहरुलाई सेवा दिई सकेका छन् भने अधिकारकर्मी तथा सामाजीक अभियन्ता सिर्जना वाग्ले, पत्रकार कलाकार संन्दिप क्षेत्री, शिशिर भण्डारी लगाएतका चलेका व्यक्तिहरुको हेयर डिजाइन गरिसकेका छन् ।

उनीहरु अहिले जुरी युनिसेक्स पार्लरमा फोन गरी गरी समय मिलाएर कपाल काट्न पुग्ने गर्छन । नाम चलेका व्यक्तिहरुको कपाल काटेकै कारण जुरी यतिबेला सेलिब्रेटि झै चर्चामा छन् ।

सुरुमा कलाकारको कपाल काट्दा बिग्रिन्छ कि भनेर हात कमाउने जुरी अहिले उनीहरुको कपाल काट्न पाउँदा निकै खुसी र आनन्द लाग्ने बताउँछन् । उनले गरेको डिजाइन देखेर धेरै मान्छे प्रभावित हुने गरेका छन् । जुरीको पार्लरमा एक पटक कटिङ गरेर गएको व्यक्ति पूनः दोह्रोराएर आउने गरेको उनले बताए ।

कपाल काटेको तोक्दैनन् मुल्य

जुरी ठाकुरले कपाल काटेको मुल्य तोक्ने गरेका छैनन् । उनि भन्छन् ‘ मैले मूल्य तोक्दिन उहाँहरु आफैले बुझेर दिनुहुन्छ । उहाँहरुले दिनु भएको पैसामा म खुसी छु । ’ उनले पसलमा आउनेलाई पसल मै सेवा दिन्छन् भने घरमा बोलाउनेलाई घरमै गएर पनि सेवा दिने गरेका छन् । उनको पार्लरमा लेडिज जेन्स दुबै जनाको हेयर डिजाइन हुने गर्छ । यहाँ सर्वसाधारण पनि हेयर डिजाइनरको लागि आउने गरेका छन् । उनिहरुको लागि पनि यति नै भनेर मुल्य तोक्ने नगरेको उनले बताए । त्यसमा पनि आफू खुसी हुने उनले सुनाए ।

लकडाउन हुनु भन्दा अगाडि उनको पसलमा निकै भिड लाग्ने गथ्र्यो उनले मात्रै दिनमा ५० जनासम्मको हेयर डिजाइन गर्ने गर्थे तर लकडाउनले गर्दा बीचमा समस्या भयो । सरकारले पार्लर लगायत सैलुन पनि लामो समय सम्म बन्द गरिदियो । त्यो बेलामा जुरीले घर घरमा पुगेर सेवा दिए ।

फोन गरेर कपाल काटिदिन अनुरोध गर्ने ग्राहक भएकै ठाउँमा जुरी पुग्ने गर्थे । लकडाउन खुलेपछि भने जुरीलाई भ्याई नभ्याई भएको छ । उनको सैलुनमा पालो पर्खेर नै भएपनि सेवा लिन चाहानेहरुको भिड नै लाग्ने गरेको छ । एक पटक सेवा लिएका मान्छे त उनको सैलुनमा आउँछन् नै तिनीहरुले जुरीको सैलुन र सेवाको बारेमा गरेको प्रशंसा सुन्नेहरु पनि कौतुहलता लागेर सेवा जाँच गर्न आउँने गर्छन् । जसले गर्दा पनि जुरीको दैनिकी व्यस्त छ ।

हेयर डिजाइनरको विषयमा निकै जानकार रहेका जुरी मान्छेको उमेर अनुसारले डिजाइन गर्दिन्छन् । एक पटक सेवा लिएको मान्छेले अर्को पटक यस्तो उस्तो डिजाईन गर्दिनु भनेर भन्नै पर्दैन । जुरीले गर्दिएको डिजाईनमै खुसी हुन्छन् ।

सानै उमेर देखि कैची चलाएका उनले निकै चेलाहरु जन्माइसकेका छन् । उनले आफ्नो व्यवसायलाई अझै माथि लैजाने योजना रहेको बताए । अहले पनि उनले पसलमा ३ जना महिला र ५ जना पुरुष गरी ८ जना कर्मचारी राखेका छन् । जुरी भन्छन् ‘ यहाँ काम गर्ने सबै जना म जस्तै परफेक्ट हुनुहुन्छ । उहाँहरुले पनि सबै स्तरको व्यक्तिहरुको हेयर डिजाइन गर्नुहुन्छ ।,

जे होस् कुनै पनि कामलाई सानो नठान्ने अनि संगतमा आएका हरेक व्यक्तिलाई आफूसँगै राखि राख्न सक्ने जुरीको कर्मलाई सम्मान गर्नै पर्छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ 1 = five