आज अपरान्ह पछि मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना

काठमान्डौं : हाल देशमा स्थानीय वायुको तथा पश्चिमी वायुको आंशिक प्रभावका साथै नेपाल भन्दा दक्षिणमा बनेको तल्लो वायुमण्डलीय न्युन चापीय प्रणालीको पनि प्रभाव रहेको छ। देशको पहाडी भू:भागहरूमा आंशिक बदली बदली रहेको छ ।

शुक्रबार प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू(भागमा आंशिकदेखि समान्य बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ का थोरै स्थान र बाकी प्रदेशका पहाडी भू:भागका एक वा दुइ स्थानमा अपरान्ह पछि मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका पश्चिमी तथा मध्य पहाडी तथा तराइका केही भूभागहरुमा हल्का तुवाँलोसमेत लाग्न सक्ने सम्भावना रहेको छ ।

शनिबार देशका पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू:भागमा मौसम सफा रहने छ। देशका पहाडी भू:भागका एक वा दुई स्थानमा अपरान्ह पछि मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आइतबार देशका पहाडी भू:भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू:भागमा मौसम सफा रहने छ। देशका पहाडी भू:भागका एक वा दुई ​ स्थानमा अपरान्ह पछि मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

91 ÷ = thirteen