भारतमा शाही स्नान गर्दै पूर्वराजा ज्ञानेन्द्र शाह

काठमान्डौं : पूर्वराजा ज्ञानेन्द्र शाहले आज भारतको हरिद्वारमा शाही स्नान गर्दैछन्। महाकुम्भ मेलाका अवसरमा उनलाई आयोजकहरुले विशेष आमन्त्रण गरेका थिए। महाकुभ्म मेला प्रत्येक १२ वर्षमा आयोजना हुने गरेको छ।

पूर्वराजालाई महाराजाको मानसहित रथबाट जुलुससहित सम्मानपूर्वक शाही स्नान गराइँदैछ। कुम्भ मेलाका क्रममा शाही स्नान गर्दा अमरत्व प्राप्त हुन्छ। त्यहाँ उनको सुरक्षाका लागि विशेष प्रबन्ध मिलाइएको छ। हरिद्वारको धार्मिक कार्यक्रमपछि पूर्वराजा ज्ञानेन्द्रले नयाँ दिल्लीको भ्रमण गर्दैछन्। नयाँ दिल्लीमा उनको भारतका विभिन्न नेतासँग भेटघाट हुने अपेक्षा गरिएको छ।

भारतमा यसअघि पनि विभिन्न पटक पूर्वराजा ज्ञानेन्द्रलाई धार्मिक समारोहमा आमन्त्रण गरिएको थियो। उनी राजा भएका बेला पनि भारतमा विभिन्न तीर्थको भ्रमण गरेका थिए।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ five = two