देउवा–प्रचण्ड सहमति : गण्डकीबाट शुरु भयो काँग्रेस–माओवादी गठबन्धन

काठमाडौं : ओली सरकारविरुद्ध नेपाली काँग्रेस र माओवादी केन्द्रले प्रतिनिधिसभामा गठबन्धन बनाउने प्रयास गरे पनि सफलता मिलेको छैन । उता, प्रदेश तहमा भने एमालेको सरकार ढाल्न दुई पार्टीवीच औपचारिकरुपमै गठबन्धन शुरु भएको छ ।

काँग्रेस र माओवादीको सत्ता सहकार्य गण्डकी प्रदेशबाट सुरु भएको छ । देउवा र प्रचण्डबीचको उच्च सहमतिसँगै गण्डकीमा माओवादीले काँग्रेसलाई सघाउनेछ भने लुम्बिनीमा काँग्रेसले माओवादीलाई सघाउनेछ ।

नेकपा एमाले नेतृत्वको प्रदेश सरकारलाई विस्थापित गर्न सम्भव भएको ठाउँमा काँग्रेस र माओवादीबीच सत्ता सहकार्य गर्ने सहमति भएको हो । यही सहमतिअनुसार नै गण्डकीमा काँग्रेस र माओवादी केन्द्रबीच सहकार्य सुरु भएको नेताहरु बताउँछन् ।

गण्डकीमा नेपाली काँग्रेस र लुम्बिनीमा माओवादी केन्द्रले नेतृत्व लिने सहमति भएको काँग्रेसका संघीय मामिला एवं प्रदेश समन्वय विभागका प्रमुख रमेश रिजालले जानकारी दिए ।

‘केपी ओली नेतृत्वको एमालेको सरकार गिराउनका लागि अंक गणितीय हिसाबले जो–जोसँग कुरा मिल्छ, त्यो– त्योसँग समझदारी गरेर अगाडि बढ्ने हाम्रो नीति हो’ रिजालले भने, ‘एमाले सरकार विस्थापित गर्न हामी जुनसुकै पार्टीसँग तालमेल गर्न तयार छौं ।’

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

three + 4 =