यो राम्रो हो कि नराम्रो,धेरै समयपछि प्रधानमन्त्रीको फोन आयो: प्रचण्ड

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच टेलिफोन संवाद भएको छ। प्रचण्डले प्रधानमन्त्री ओलीले आफूलाई फोन गरेको बताएका छन्।

ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको भवन उद्घाटन कार्यक्रममा प्रचण्डले आफूलाई प्रधानमन्त्री ओलीले लामो समयपछि फोन गरेको जानकारी दिएका हुन्।

‘थाहा छैन यो राम्रो हो कि नराम्रो के हो, म यहाँ बस्दै गर्दा प्रधानमन्त्री ओलीको फोन आयो मलाई’, प्रचण्डले भने, ‘म गाउँपालिकाको भवन उद्घाटन गर्दैछु पछि कुरा गरौँला भनेँ।

प्रधानमन्त्री ओलीको फोन आएपछि लामो समय भाषण नगरी प्रचण्ड कार्यक्रमस्थलबाट निस्केका छन् ।

सर्वोच्च अदालतले नेकपा एकता बदर गरी एमाले र माओवादी केन्द्रलाई पुरानै अवस्थामा फर्काइदिएपछि दुई नेताबीच भेटवार्ता भएको छैन।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

four + four =