बालुवाटारमा सर्वदलीय बैठक सुरु, माओवादीद्वारा बैठक बहिस्कार !

काठमाडौं : प्रधानमन्त्री निवास बालुवाटारमा अहिले सर्वदलीय बैठक बसिरहेको छ । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेताहरुलाई बोलाइएको बैठक नेकपा माओवादी केन्द्रले भने बहिस्कार गरेको छ ।

बैठकमा एमालेबाट अध्यक्ष ओलीसहित महासचिव ईश्वर पोखरेल,संसदीय दलका उपनेता सुवास नेम्वाङ, अर्थमन्त्री बिष्णु पौडेल लगायत सहभागी छन् । त्यस्तै कांग्रेसबाट सभापति शेरबहादुर देउवासहित बरिष्ठ नेता रामचन्द्र पौडेल,उपसभापति विमलेन्द्र निधी,प्रमुख सचतेक बालकृष्ण खाँण लगायतका नेता सहभागी छन् ।

बैठकमा सर्वदलीय राप्रपा, मजदूर किसान पार्टी र राष्ट्रिय जनमोर्चाका नेता पनि सहभागी छन् । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर,लक्ष्मणलाल कर्ण,सर्वेन्द्रनाथ शुक्ल लगायतका नेता बैठकमा सहभागी छन् । जसपाका बाबुराम भट्टराई र उपेन्द्र यादवलाई भने बोलाइएको छैन ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

forty nine ÷ = 7