प्रधानमन्त्रीले बोलाएको सर्बदलीय बैठक बहिष्कार गरेका दाहाल–नेपालबीच भेटवार्ता

काठमाडौं : नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा ९एमाले० का नेता माधव कुमार नेपालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्बदलीय बैठक बहिष्कार गरेका दाहाल र नेपाल छुट्टै छलफलमा बसेका हुन् । उनीहरु सर्बदलीय बैठक सुरु हुनुभन्दा अघि नै गोप्य भेटवार्तामा बसेको उच्च स्रोतको दाबी छ ।

कर्णाली प्रदेशमा हिजो भएको राजनीतिक घट्नाप्रति उत्पन्न परिस्थितिको बारेमा समिक्षा गर्न र भावी रणनीति तय गर्न उनीहरु छलफलमा जुटेको बताईएको छ । हिजो कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई एमालेका चार जना सांसदहरुले पार्टीको ह्वीप उल्लंघन गरेर विश्वासको मत दिएका थिए ।

उनीहरुले फ्लोर क्रस गरेर मुख्यमन्त्री शाहीको सरकार जोगाईदिएपछि केन्द्रमा समेत हलचल पैदा भएको छ । चार जना सांसदहरुले भने केन्द्रको निर्देशनबमोजिम नै आफूहरुले यो कदम चालेको भन्दै यसले पार्टी एकता गर्नको लागि बल पुग्ने पनि प्रतिक्रिया दिएका छन् । अध्यक्ष तथा प्रधानमन्त्री ओलीले एकलौटी पेलेर जाँदाको यो परीणाम आएको नेता नेपाल पक्षधर नेताहरुले प्रतिक्रिया दिएका छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

90 ÷ ten =