प्रधानमन्त्री र नेत्रविक्रम चन्दबीच भेटवार्ता, तीन बुँदे सहमति कार्यान्वयनबारे छलफल हुदै

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली र चन्दबीच भेटवार्ता भएको हो।

भेटमा सरकार र विप्लवबीच भेटवार्ता भएको प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले जानकारी दिए। उनीहरूबीच सरकार र विप्लवबीच भएको तीन बुँदे सहमति कार्यान्वयनका विषयमा छलफल भएको बताइएको छ।

भेट्मा विप्लव नेकपाका वार्ता टोली संयोजक खडगप्रसाद विश्वकर्माप्रकाण्ड पनि सहभागी थिए।

विप्लव निकट नेता उदय चलाउने दीपकुले सरकारसित भएको सहमति कार्यान्वयनमा भएको ढिलाइबारेमा आफ्नो धारणा राखिएको बताए। भेटमा सहमतिअनुसार आफ्ना नेता कार्यकर्ता नछुटेकोमा विप्लवले असन्तुष्टि जनाएका थिए।

तीन बुँदे सहमतिपछि यसअघि पनि ओली र विप्लवबीच भेटवार्ता भएको थियो। सहमतिमा कारागारमा रहेका विप्लव समूहका नेतारकार्यकर्ता रिहाई गर्ने र मुद्दा खारेज गर्ने विषय उल्लेख थियो।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

66 ÷ thirty three =