विवाद मिलाउन नसक्दा कांग्रेस केन्द्रीय समिति स्थगित

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक फेरि स्थगित भएको छ । पार्टी महाधिवेशनको तालिका तथा क्रियाशील सदस्यता टुंग्याउने विषयमा सहमति जु्ट्न नसक्दा केन्द्रीय समितिको बैठक तेस्रोपटक स्थगित भएको हो । गत चैत २७का लागि डाकिएको बैठक ३० गतेका लागि सारिएको थियो ।

चैत्र ३० मा वरिष्ठ नेता रामचन्द्र पौडेलका माइला भाइको निधन भएपछि कांग्रेस बैठक आज दिउँसो २ बजेका लागि तोकिएको थियो । दिउँसो २ बजे अघि देखि नै बैठकमा सहभागी हुन नेताहरु सानेपा पुगेपनि शीर्ष नेताहरुबीच सभापतिको कार्यकक्षमा बैठक सुरु भएको थियो ।

क्रियाशील सदस्यता छानविन तथा महाधिवेशनको कार्यतालिका संशोधन गर्ने विषयमा थप छलफल आवश्यक भएको भन्दै त्यहीबाट सभापति देउवाले भोलि अपरान्ह ४ बजेका लागि बैठक सारेका हुन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

× seven = 63