रामबहादुर थापाले पुन: गृहमन्त्रीको शपथ लिए

काठमाडौं : गृहमन्त्री रामबहादुर ‘बादल’ले पद तथा गोपनीयताको शपथ लिएका छन् । संविधानको धारा ८० बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई पद तथा गोपनीयताको शपथ दिलाएको राष्ट्रपति कार्यालयका प्रवक्ता रूपनारायण भट्टराईले बताएका छन्।

राष्ट्रपति भवन शीतलनिवासमा आइतबार आयोजित शपथ समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना समेत उपस्थित थिए।

नेकपा (माओवादी केन्द्र)ले कारबाही गरेपछि आइतबार थापाको सांसदसँगै मन्त्री पद पनि गुमेको थियो। तर, उनलाई प्रधानमन्त्री ओलीले आइतबार नै गृहमन्त्रीमा नियुक्त गर्न सिफारिस गरेका थिए। सोहीअनुसार राष्ट्रपति भण्डारीले बादललाई पुनस् गृहमन्त्री नियुक्त गरेकी थिइन्।

संविधानको व्यवस्था अनुसार बादल अब ६ महिना मन्त्री हुन पाउनेछन्। उनी एमालेमा लागेपछि माओवादीले कारबाही गरेको थियो। थापा बागमती प्रदेशबाट राष्ट्रिय सभामा निर्वाचित भएका थिए।

तत्कालीन माओवादी केन्द्रको नेतृत्व गर्दै सरकारमा सहभागी भएका बादल यसअघि पनि गृहमन्त्री नै थिए।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

× seven = 49