नेपाल पक्षका २७ संघीय सांसदसहित ३२ जनालाई एमालेले सोध्यो स्पष्टीकरण (पत्रसहित)

 

काठमाडौं : नेकपा एमालेले २७ जना संघीय सांसदसहित ३२ जनालाई स्पष्टीकरण सोधेको छ । नेता माधवकुमार नेपाल पक्षका सांसदसहित नेताहरूलाई पठाइएको स्पष्टीकरण पत्रमा एमालेको नाम र चिह्न दुरुपयोग गरेर अलग पार्टीको अभ्यास गरेको भन्दै कारबाही किन नगर्ने ? भनेर प्रश्न गरिएको छ ।

उनीहरुले छुट्टै राजनीतिक दल गठन गरेको पनि पत्रमा आरोप लगाइएको छ । कारणसहित तीन दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको पत्रमा भनिएको छ‚ ‘छुट्टै राजनीतिक दल गठन गरेकोमा कारवाही किन नगर्ने ? संसद सदस्यबाट किन नहटाउने ?

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले हस्ताक्षर गरेको पत्रमा सच्चिन अन्तिम मौका भएको भन्दै एमालेको पक्षमा आउने प्रमाण पेश गरेमा त्यसमा पुनर्विचार गर्न सकिने उल्लेख गरिएको छ ।

यससँगै सत्तारुढ एमाले, पार्टी विभाजनतर्फ थप अग्रसर भएको आकलन गरिएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

sixty seven + = 73