आज फेरी माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं : नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आजपनि बस्दैछ । बैठक आज दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ । मंगलबारदेखि शुरु भएको स्थायी कमिटी बैठक विभिन्न बिषय बनाएर छलफल भइरहेको छ ।

आज बस्ने बैठकमा केन्द्रीय कार्यालयको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रिर्पोटिङ गर्नेछन्। यस्तै बैठकमा पार्टीको विधान संशोधन, वर्तमान सरकारलाई दिएको समर्थन लगायतका बिषयमा छलफल हुने बताइएको छ ।

मंगलबारको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले अस्वभाविक ढंगले हठातमा संसद अधिवेशन अन्त्य भएकोमा पार्टीले भत्र्सना गरेको बताएका थिए । उनले सरकारलाई दिएको समर्थन फिर्ता लिएको भनेर लिखित रुपमा दिन मात्र बाँकी रहेको बताएका थिए ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

five ÷ one =