एकैदिन थपिए कोरोनाका २ हजार ३५१ संक्र,मित, १८१ आईसीयू र ४७ जना भेन्टिलेटरमा

काठमाडौं : नेपालमा कोरोनाभाइरस (कोभिड) १९ का २ हजार ३ सय ५१ सं,क्रमित थपिएका छन् । ८ हजार ८ सय ४४ जनाको पीसीआर र ८०३ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा पीसीआरतर्फ २ हजार २ सय २० र एन्टीजेनतर्फ १ सय ३१ गरी २ हजार ३ सय ५१ जना संक्र,मित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै मुलुकमा को,रोनाका सक्रिय संक्र,मि,तको संख्या १० हजार ५ सय ८२ पुगेको छ ।

काठमाडौं उपत्यकामा मात्र १ हजार ५१ जना संक्र,मित थपिएका छन् । जसअन्तर्गत काठमाडौंमा ७ सय ८६, ललितपुरमा १ सय ८१ र भक्तपुरमा ८४ जना छन् ।

पछिल्लो तथ्यांकअनुसार १ सय ८१ जना आईसीयूमा उपचाररत रहेको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए ।

त्यसमध्ये ४७ जना भेन्टिलेटरमा रहेको उनले बताए ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

sixty − 54 =