ओलीको निर्णयविरुद्ध खनाल नेपाल पक्षको रिट दर्ता भएन ! अब के हुन्छ ?

काठमान्डौं : एमाले अध्यक्ष केपी शर्मा ओलीको एकतर्फी निर्णय रोक्न माग गर्दै सर्वोच्च अदा,लत पुगेको झलनाथ खनाल र माधव नेपाल पक्षको रिट निवेदन बुधबार दर्ता हुन सकेन ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले गत फागुन २८ यता गरेका निर्णय र आफुहरुलाई सोधेको स्पष्टीकरण विरुद्ध वरिष्ठ नेता खनाल( नेपाल समूह सर्वोच्च अदालत पुगेपछि बुधबार समय अभावका कारण रिट निवेदन दर्ता हुन नसकेको हो ।

खनाल(नेपाल पक्षका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता गोविन्द बन्दी, अधिवक्ता टिकाराम भट्टराई र शम्भु थापा लगायतका कानुन व्यवसायी सर्वोच्च पुगेर वारेसनामामार्फत अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल, निर्वाचन आयोग र सभामुखलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गर्न सर्वोच्च पुगेका थिए । रिट निवेदनमा ओलीले गैरकानुनी रुपमा गरेका निर्णय कार्यान्वयन नगर्न र आफूहरु माथिको कारवाही रोक्न माग गर्नुका साथै उत्प्रेषण र प्रतिषेधको आदेश माग गरिएको छ ।

‘आज आज रिट निवेदन दर्ता हुन सकेन प्रक्रियामा गएको छ’, खनाल(नेपाल पक्षका कानुन व्यवसायी समेत रहेका अधिवक्ता टिकाराम भट्टराईले भने, ‘सायद भोलि दर्ता हुन्छ ।’
वरिष्ठ नेता नेपाल, नेताहरु भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेका तर्फबाट तिलक थापाले ओलीले सोधेको स्पष्टीकरण र निर्णय कार्यन्वयन रोक्न माग गर्दै सर्वोच्चमा रिट निवेदन दिने तयारी गरेका थिए ।
पार्टीभित्र विधि, पद्धतिका लागि दबाब सिर्जना गर्दा कारबाही गर्ने मनसायले स्पष्टीकरण सोधिएको नेपाल पक्षको आरोप छ । उक्त कारबाही रोक्नुपर्ने उनीहरूको माग छ ।

अध्यक्ष ओलीले मंगलबार २७ जना संघीय र ५ जना प्रदेश सांसदलाई स्पष्टीकरण सोधेका थिए ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

eighty eight − eighty four =