नेपालमा कोरोना संक्रमणबाट थप ५ को मृत्यु

काठमाडौं-नेपालमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३२२ पुगेको छ । त्यस्तै आज थप १ हजार ४५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको ५१ हजार ९१९ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ९७२ जना संक्रमित निको भएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या ३६ हजार ६७२ पुगेको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

two + eight =