फागुन भित्रै स्थानीय चुनाव हुन्छ, तयारीमा लाग्नुु: प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय निर्वाचन आगामी फागुनभित्रै हुने बताउनु भएको छ। बालुवाटारमा आज बसेको महाधिवेशन आयोजक कमिटीको बैठकमा नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले स्थानीय तहको चुनावी तयारीमा लाग्न सबै नेता तथा कार्यकर्तालाई निर्देशन पनि दिनुभयो ।

‘सो बैठकमा उनले भनेका थिए, फागुनभित्रै स्थानीय तहको चुनाव हुन्छ, सबै कमिटीहरु आजैदेखि लाग्नुहोला ।ु सो बैठकमा धारणा राखेका प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै एक नेताले सो जानकारी दिनुभयो । ती नेताले भने स्थानीय चुनावबारे प्रधानमन्त्री ओली पहिलो पटक बोलेका हुन्, कुनै पनि हालतमा फागुनभित्रै सो निर्वाचन गर्ने बताउनु भएको छ ।

आजको बैठकले नयाँ स्थायी कमिटी निर्माण गरेको थियो । सो कमिटीमा माधव नेपाल र झलनाथ खनालका पक्षका नेताहरुलाई भने हटाइएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

thirty four − thirty three =