लकडाउन गर्नुपर्ने अवस्थामा पुग्यो राजधानी !

काठमाडौँ : राजधानीमा पनि दिनहुँ दुई हजारको दरले कोभिड १९ संक्र,मित बढिरहेका छन् । शुक्रबार उपत्यकामा ४६६ जना अइसोलेशनमा छन्, ७७ जना अइसीयु र ४० जना भेन्टि,लेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको छ ।

शुक्रबार मात्रै मुलुकभर २५ सय ५९ जनामा को,भिड संक्र,मण पुष्टि भयो । ८ हजार ७९८ जनाको पी,सीआर परीक्षण गर्दा यो संख्यामा संक्र,मित देखिएका हो । जसमध्ये काठमाडौँ उपत्यकाका तीन जिल्ला बढी संक्र,मित देखिनेमा पर्छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक नक्सा सार्वजनिक गर्दै खतरामा रहेका जिल्लाहरूलाई रातो चिन्ह लगाएको छ । जसमध्ये काठमाडौँ उपत्यकाका काठमाडौँ र ललितपुरलाई रातो चिन्ह लगाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मेडिकल विज्ञहरूले सीसएमसीलाई कलडाउनको सिफारिस गर्न सुझाव दिइसकेका छन् । शनिबार बेलुका सीसीएमसीका संयोजक तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलको टोलीले यही विषयमा प्रधानमन्त्री केपी ओलीसँग गर्दैछ ।

सरु,वा रो,ग विशेषज्ञहरू अब लकडाउनबारे सोच्नुपर्ने बेला आएको बताउँछन् । लकडाउनले मात्रै समस्या समाधान नभए पनि तत्कालको लागि भने सोच्नुपर्ने अवस्था आएको सरुवा रोग विशेषज्ञ डा।शेरबहादुर पुन बताउँन् । ‘पहिलो लहरको उत्कर्षमा पुगेको बेला र अहिले अवस्था झन्डै–झन्डै उस्तै छ,’ उनी भन्छन्, ‘बेड पाउन गाह्रो हुँदैछ । मानिसहरू घरमै संक्र,मित भएर बस्नुपर्ने आइरहेको छ । मृ,त्यु हुने क्रम पनि बढ्दो छ ।’

डा‍।पुनको अनुसार अब आवश्यक कदम लिने बेला आएको छ । ‘अब सरकारले यो विषयमा छलफल गर्न ढिला गर्नुहुँदैन,’ उनी भन्छन्, ‘समुदायमा कोभिड पसिसकेको छ । समुदायमा नपसोस् भन्नको लागि लकडाउन गर्नुपर्ने देखिन्छ ।’ सरकारले लकडाउन गरेपनि स्वास्थ्यका मापदण्ड भने अपनाउने सल्लाह उनी दिन्छन् ।

शुक्रबार सरु,वा रो,ग विशेषज्ञ डा। अनुप​ बास्तोलाले कोभिड–१९ संक्र,मण बढिरहेकोमा चिन्‍ता व्‍यक्‍त गर्दै ट्विट गरे । ट्विटमा उनले टेकु अस्पताल भरिसकेको र थप बिरामी राख्ने सम्भावना न्यून भएको उल्लेख गरेका छन् । कोभिड संक्र,मण दिन दुइगुणा, रात चौगुनाको दरले बढेको उनले बताएका छन् ।

एक वर्षअघिदेखि को,भिडका बिरा,मी हेर्दा यत्ति जटिल अवस्था भोग्नु नपरे पनि अहिले बिरा,मीमा सुधार हुने अनुपात पनि घट्दो भएको जानकारी उनले ट्विटरमार्फत् दिएका छन् । उनले लेखेका छन् – ‘हामी एकदमै ड,र,लाग्दो अवस्थाको सँघारमा छौं । घरीघरी त लाग्छ, हामी उपचारमा खटेकै मान्छे ढल्यौं भने, के होला अवस्था ?

 

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

38 + = forty six