संक्रमण नियन्त्रणका लागि तत्कालै देशव्यापी लकडाउन गर्नुपर्ने अवस्था छैन: प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्र,मण नियन्त्रणका लागि तत्कालै देशव्यापी लकडाउन गर्नुपर्ने अवस्था नरहेको बताएका छन्।

कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले बढ्दै गएको को,रोना संक्र,मणबारे गरेको ब्रिफ्रिङको क्रममा उनले अहिले नै देशव्यापी लकडाउन गर्नुपर्ने अवस्था नरहेको बताएका हुन्।

शनिबार (हिजो) प्रधानमन्त्री निवास बालुवाटार पुगेका सीसीएमसीका संयोजका उपप्रधानमन्त्री ईश्वर पोखरेललगायतका सदस्यले को,रोना संक्र,मणको अवस्थाबारे ब्रिफ्रिङ गरेका थिए।

‘प्रधानमन्त्री ज्यूले लकडाउन तथा निषेधाज्ञा जारी गर्ने अधिकार स्थानीय तहलाई दिइएको छ। संक्र,मण रोक्न पनि स्थानीय तहले नै कडाइका साथ स्वास्थ्य मापदण्ड लागू गर्नुपर्छ भन्नुभयो। तर, तत्कालै लकडाउन गरिहाल्ने अवस्था नरहेको बताउनु भयो,’ शनिबारको ब्रिफिङमा सहभागी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव खगराज बरालले भने।

यस्तै, प्रधानमन्त्री ओलीले पछिल्लोपटक सरकारले गरेको निर्णयलाई कडाइको साथ लागू गर्न निर्देशन दिएका छन्।

‘सरकारले गरेको निर्णय विपरीत रंगशालमा धेरै दर्शक राखेर खेल खेलाइएको र बढी भिडभाड भइरहेको छ भनेर गुनासो गर्नुभयो। यसलाई रोक्न कडाइ गर्न सम्बन्धित पक्षलाई सचेत गराउन उहाँले निर्देशन दिनुभयो,’ सचिव बरालले भने।

नेपालमा पछिल्लो समय दैनिक दुई हजार बढीको दरमा को,रोना संक्र,मित थपिन थालेका छन्। शनिबार मात्रै २ हजार ६१८ जना को,रोना संक्र,मित थपिएका छन्।

को,रोना संक्र,मण फैलिने क्रम बढेपछि काठमाडौं तथा ठूला सहरका विद्यालय बन्द गरिएको छ भने रात्रीकालीन व्यवसायलाई पनि राति ८ बजेपछि सञ्चालनको अनुमति दिइएको छैन।

यस्तै, सरकारले सार्वजनिक सवारी साधनमा मास्क र स्यानिटाइजर अनिवार्य गरिएको छ भने सिट क्षमताभन्दा बढी यात्रु नराख्न भनेको छ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

three × = twelve