माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौं : नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय कोटेश्वर, पेरिसडाँडामा बस्न लागेको हो ।

बैठक नयाँ सरकार बनाउने, अन्य दलहरुसँगको छलफललगायत विषयमा केन्द्रित हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिन सकेको छैन ।

यसअघिको बैठकले समर्थन फिर्ताको जिम्मा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको थियो । त्यस्तै, बैठकले राजनीतिक प्रतिवेदन तयार पार्नेलगायत निर्णय गरेको थियो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

nine ÷ one =