जोखिम मोलेर काठमाडौँ छाड्दै सर्वसाधरण, २४ घण्टामा बाहिरिए ५२ हजार मानिस

काठमाडौँ : काखमा दुधे बालक छेउमा ३ वर्षीया छोरी । नयाँ बसपार्कभित्रको एक छेउमा टुसुक्क बसेकी नेपालगञ्जकी रमा दुलामी । जो कसैको प्रतीक्षामा बसेकी थिइन् । नजिकै पुगेर हामीले सोध्यौं, ‘दिदी १ कहाँसम्मको यात्रा हो अनि कसैको प्रतीक्षामा बस्नुभएको ?

‘नेपालगञ्ज जान लागेको । श्रीमान टिकट लिन जानुभएको छ त्यसैले पर्खिरहेकी’ उनले खबरहबसँगको कुराकानीमा भनिन् ।

को,रोना संक्र,मण बढेसँगै सरकारले भिडभाड भएका क्षेत्रमा नजान अनुरोध गरेको छ । अझ बालबालिकालाई छिटो सर्ने हुँदा सकेसम्म घरभित्रै राख्न भनेको छ ।

तर दुलामी भने जोखिम लिएरै भए पनि घर पुग्न चाहन्छिन् । भन्छिन्, ‘यहाँ बसेर के गर्नू रु बन्द भएपछि दुई छाक के खाने भन्ने चिन्ता बढ्छ बरु गाउँ पुग्न पाए जसोतसो गरिन्थ्यो ।’

बालबालिकालाई पनि गाउँसम्म पुर्‍याउन पाए रोग र भोक दुबैबाट बचाउन सक्ने उनले बताइन् ।

दैलेखका बखत बहादुर सिंह पनि मंगलवार दिउँसो ११ बजे नयाँ बसपार्क पुगे । भिडभाडलाई धकेल्दै उनी टिकट काउन्टरसम्म पुगे । हतार गर्दै दैलेखसम्मको टिकट लिए ।

‘टिकट पाएपछि आनन्दले एकछिन आराम गर्न पाएँ’ टिकट हातमा लिएपछि खुसी हुँदै उनले भने, ‘अब घर पुगेपछि यो भन्दा बढी आनन्द मिल्छ ।’

राजधानीको एक कार्यालयमा सेक्यूरेटी गार्डका रुपमा काम गर्छन् सिंह । बिहीबारबाट उनको कार्यालय बन्द हुने भएपछि उनी घर लागेको बताउँछन् ।

‘गत वर्षको जस्तै बन्दबन्दी लम्बिदै गयो भने कहाँ जाने के खाने समस्याले पिरोल्छ त्यसैले यसपाली छिट्टै बाटो लागियो’ उनले भने ।

राजधानी काठमाडौँमा को,रोना संक्र,मणदर बढ्दै गएपछि सरकारले बिहीवारबाट निषेधाज्ञा लागु गर्दै छ ।

निषेधाज्ञामा धेरैको रोजगारी गुम्ने भएपछि जोखिम मोल्दै भए पनि उनीहरु राजधानी बाहिरिरहेका छन् ।

घर जानका लागि टिकट पाएहरु खुसी देखिन्थे भने टिकट नपाएकाहरु दुःखी ।

धनगढी जानका लागि टिकट नपाएर चिन्तित थिए केही युवाहरु । ‘सरकारले पर्सिबाट निषेधाज्ञा लागू गर्दैछ तर टिकट छैन’ उनले आक्रोशित हुँदै भने ।

को,रोना संक्र,मणका कारण क्याम्पसहरुले भर्चुअल माध्यमबाट पठनपाठन सुरु गरेपछि उनीहरु मंगलवार टिकट लिन बसपार्क पुगेका थिए ।

‘बन्द हुने भएपछि काठमाडौंमा बस्नुभन्दा गाउँघरमा सुरक्षित भइन्छ भनेर जान लागेको’ उनले खबरहबसँग भने, ‘कलेजले भर्चुअल कक्षा सञ्चालन गरिरहेको छ घरबाटै पढ्दा भइहाल्यो ।’

धरानका पदम बहादुर राई ढाँडको समस्याले १ महिनाअघि काठमाडौं आइपुगे ।

डाक्टरको सल्लाहअनुसार आरामका लागि उनी श्रीमतीलाई लिएर गोंगबुमा आफन्तसँग बस्न थाले । तर, अचानक सरकारले निर्णय गरेको निषेधाज्ञाको कुराले उनलाई छटपटी भयो । श्रीमतीलाई लिएर उनी मंगलवार बसपार्क पुगे ।

‘हामी दुबैजना टिकट लिएर आजै घर जाने तयारीका साथ हिँडेको तर टिकट पाइएन’ दुःख पोख्दै उनले भने, ‘अब कसरी घर पुग्ने रु’

बसपार्कभित्रको यात्रु प्रतिक्षालयको टेबुलमा बसेका उनीहरुलाई टिकट नपाएपछि आफन्तकहा फर्कनुको विकल्प थिएन ।

मापदण्ड पालना गर्छौ

काठमाडौँबाट हजारौंको संख्यामा जन्मथलो प्रस्थान गरिरहेका छन् ।

काठमाडौंमा को,रो,नाको सं,क्र,मण बढेपछि सरकारले घर जानका लागि २ दिनको समय दिएको छ ।

यसबीचमा राजधानीबासीलाई बोकेर गाउँसम्म पुग्दा कोरोना संक्रमणको त्रास कस्तो छ रु स्वास्थ्यका मापदण्ड कसरी पालना गर्नुभएको छ ?

यस विषयमा राप्ती डिलक्सका चालक भन्छन्, ‘त्रास हुँदै नभएको होइन तर पेशा नै यस्तो भएपछि आफ्नो ख्याल गर्ने यात्रुको नजिक नहुने स्वास्थ्यका मापदण्ड पालना गरेरै गन्तव्यसम्म पुर्‍याइरहेका छौं ।’

उनकाअनुसार यात्रुलाई मास्क अनिवार्य लगाउने, मास्क नभएकाहरुलाई वितरण गर्ने, सवारी चढ्नुअघि ज्व,रो मापन गर्ने र भौतिक दूरी कायम गराउँदै यात्रा गरिरहेका छन् ।

कति बाहिरिए ?

उपत्यकामा दैनिकजसो २ हजारका हाराहारीमा को,रोना संक्र,मित थपिरहेका छन् । यससँगै संक्र,मणबाट बच्नका लागि मानिसहरु काठमाडौं छोड्न हतारिएका छन् ।

बसपार्कमा सोमबार दिउसोबाट अचानक भीड बढेको महानगरीय प्र,ह,री वित्त नयाँ बसपार्कले जनाएको छ ।

बन्दबन्दी गर्ने हल्लासँगै सोमबारबाट बसपार्कमा भी,ड बढेको थियो । सो भी,ड मंगलवार दोब्बरले बढेको एक प्र,हरीले बताए ।

सोमबार दिउसोबाट मंगलवारसाँझसम्म ५२ हजार मानिसहरु काठमाडौंबाट बाहिरिएका छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ 9 = one