गण्डकीमा मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्तावमा आजै निर्णय हुने !

कास्की : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमा बुधबार (आज) नै निर्णय हुने भएको छ । यही सोमवारदेखि सुरु भएको प्रदेश सभाको विशेष अधिवेशनअन्तर्गत आजको बैठकमा प्रस्ताव सम्बन्धमा छलफल भइ मुख्यमन्त्री गुरुङले जवाफ दिनुहुनेछ । मुख्यमन्त्रीले जवाफ दिएपछि त्यस प्रस्तावमाथि निर्णय गरिने कार्यसूची छ ।

मङ्गलवारको बैठकमा नेकपा एमालेका प्रदेश सभासद्ले कोरोना परीक्षण नगरि बैठक बस्न नहुने जनाइ अवरोध गरेपछि बैठक स्थगन भएको थियो । परीक्षण सम्बन्धमा सहमति जुटेपछि प्रदेश सभा सदस्य एवम् कर्मचारीको पीसीआर परीक्षणपछि आजको बैठक सुरु भएको हो । बैठकमा प्रस्ताव सम्बन्धमा छलफल चलिरहेको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

51 ÷ = fifty one