अस्पतालको कोभिड वार्डमा भेटिए सम्पर्कविहीन राष्ट्रिय जनमोर्चाका सांसद !

काठमाडौं : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावको छलफलका क्रममा अनुपस्थित भएर सम्पर्कविहिन भएका राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही अस्प,तालमा भेटिएका छन् ।

उनी पृथ्वीचोक स्थिति चरक अस्पतालको को,भिड वार्डको आईसीयूमा भेटिएका हुन् । उनी बुधबार बिहान अस्प,ताल भर्ना भएको अस्प,ताल प्रशासनले जनाएको छ । अस्पताल भर्ना भएको भएपनि मंगलबार गरिएको पिसिआर परिक्षणमा उनको रिपोर्ट भने नेगे,टिभ आएको थियो ।

गण्डकी प्रदेश सभामा आज मुख्यमन्त्री गुरुङविरु,द्धको अविश्वास प्रस्तावमा मतदानको कार्यक्रम थियो ।
राष्ट्रिय जनमोर्चाले अविश्वासको प्रस्तावको पक्षमा उभिने निर्णय गरेको भएपनि सांसद सम्पर्कविहिन भएपछि अविश्वासको प्रस्ताव माथिको मतदान रोकिएको छ ।

शाही सम्पर्कविहिन भएपछि राष्ट्रिय जनमोर्चाकी सचेतक पियारी थापाले सांसद सम्पर्कविहिन भएको भन्दै सदनको कार,बाही रोक्न र हराएका सांसदलाई सार्वजनिक गरी जीवनर रक्षा गर्न माग गरेकि थिइन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

55 − fifty one =