खुसीको खबर: काठमाडौं उपत्यकामा निषेधाज्ञा अवधीभर पेट्रोल पम्पहरु खुल्ला रहने !

काठमाडौं : काठमाडौं उपत्यकामा १६ वैशाख बिहान ६ बजेदेखि लागू हुने गरी जारी गरिएको निषेधाज्ञामा पेट्रोलियम पदार्थ सहज रुपमा उपलब्ध हुने भएको छ ।

नेपाल आयल निगमले बुधबार एक विज्ञप्ति जारी गर्दैं निषेधाज्ञाको समयमा पेट्रोलियम पदार्थ सहज र सरल ढंगबाट विक्री वितरण गर्न तीनवटै जिल्लाका आधिकारिक विक्रेता वा पेट्रोल पम्पहरुलाई अनुरोध गरेको छ । त्यस्तै खाना पकाउने ग्यास पनि सहज र सरल ढंगबाट उपलब्ध हुनेछ ।

निगमका प्रवक्ता ई।विनित मणि उपाध्यद्वारा जारी विज्ञप्तिमा बैशाख १६ गतेबाट हुने निषेधाज्ञाको समयमा पेट्रोलियम पदार्थको सहज र सरल ढंगबाट आपूर्ति तथा विक्री वितरणको व्यवस्था मिलाउनका लागि निगमको वाग्मति प्रादेशिक कार्यालय थानकोट खुल्ला नै रहने उल्लेख छ ।

काठमाडौं उपत्यका अन्तर्गतका तीनै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको सोमबार बसेको संयुक्त बैठकले १६ वैशाख बिहान ५ बजेबाट २२ वैशाख राती १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको थियो ।

निषेधाज्ञाको समयमा अत्यावश्यक बाहेक अन्य सबै क्षेत्र बन्द रहने उल्लेख गरिंदा पेट्रोल पम्पहरु खुल्ला रहनेबारे केही स्पष्ट थिएन । निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले निषेधाज्ञाको अघिल्लो दिन बुधबार काठमाडौं उपत्यकाका पम्पहरुमा उपभोक्ताहरुको चाप देख्दा पम्प खुल्लै रहने कि बन्द रहने भन्नेमा अन्योलता देखिएको र पर्याप्त जानकारी नभएको बुझियो । उनले भने,‘निषेधाज्ञाको समयमा निर्वाध रुपमा इन्धन वितरण गरिनेछ । उपत्यकालगायत सबै स्थानका पम्पहरु खुल्ला गर्न निर्देशन भइसकेको छ ।’

तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले निषेधाज्ञा सम्बन्धी आदेशमा अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द हुने उल्लेख गरेका थिए । यो अवधिमा काठमाडौं जिल्लाभर सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गर्न पाइने छैन । तर अत्यावश्यक सेवा दिन सवारी साधनहरू भने चल्न पाउने छन् । एम्बुलेन्सले बिरामी तथा बढीमा दुई जना कुरुवा बोक्न पाउने छ । स्वास्थ्यकर्मी र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन चल्न पाउनेछन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

seventy − sixty two =