आज काठमाडौं उपत्यकामा बिनापास चलाएका ४ सय ११ सवारीसाधन ‘होल्ड’ !

काठमाडौं : काठमाडौं उपत्यकामा प्रह,रीले चेकजाँच कडा बनाएको छ । को,रोना महा,मारीका कारण जारी गरिएको निषे,धाज्ञाको पहिलो बिहान ४ सय ११ सवारी साधनलाई प्रहरीले होल्ड गरिएको छ । समाचार तयार गर्दासम्म काठमाडौं, भक्तपुर र ललितपुरमा ३ सय २० ओटा मोटरसाइकल, स्कुटर होल्ड गरिएको छ ।

तीनवटा जिल्लामा ९१ वटा गाडी समेत गरेर ४ सय ११ वटा सवारी साधनलाई होल्ड गरिएको महानगरीय प्रह,री कार्यालयका प्रवक्ता (एसपी) सुशील सिंह राठौरले बताए ।

नियन्त्रणमा लिइएका सवारी साधनलाई साँझ मात्र छाडिने ट्रा,फिक प्र,हरी महाशाखाले जनाएको छ । काठमाडौं जिल्लाभित्र १ सय २८ ठाउँमा सुरक्षाकर्मी परिचालन गरेर चेकजाँच गरिएको छ ।

ट्रा,फिक र प्रह,रीको संयुक्त टिमले काठमाडौंका ४४ ठाँउमा चेकजाँच गरिरहेको महा,नग,रीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले हामीलाई बताए ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

− 3 = five