उपत्यकासहित अधिकांश पहाडी क्षेत्रमा भारी वर्षा

काठमाडौं : काठमाडौं उपत्यकासहित देशका अधिकांश पहाडी क्षेत्रमा बिहीबार वर्षा भएको छ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण नेपालको सबै प्रदेशको पहाडी क्षेत्रमा वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पहाडी क्षेत्रमा हल्का र मध्यम वर्षा हुने सम्भावना देखिएको मौसमविद मीनकुमार अर्यालले जानकारी दिए । तराई क्षेत्रमा भने सामान्य मौसम बदली देखिए पनि पानी परेको छैन । मौसमविद अर्यालका अनुसार पहाडी क्षेत्रमा दुई दिनसम्म पानी पर्न सक्छ ।

तर तराईमा भने मौसम बदली र सामान्य वर्षा भए पनि ठूलो पानी नपर्ने उनले जानकारी दिए । ‘तराईमा आंशिक बदली देखिन्छ । पानी पर्ने सम्भावना पनि छ, तर प्रभावकारी वर्षा हुँदैन’ मौसमविद अर्यालले भने ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

seven × 1 =